तनावलाई कसरी हटाउने? «

तनावलाई कसरी हटाउने?

कोरोनाको दोस्रो वर्ष अनि जनमानसमा फैलिएको त्रास दोब्बर भएको समय, कसले चाहिँ सोचेको थियो होला र ? आफ्नै मानिसहरूसँग भेट्न र नजिक हुन पनि ज्यानलाई जोखिम हुने दिन आउनेछ भनेर । दिनदिनैको मृत्युको सूचना, संक्रमणको सूचनाले हामी सबैमा डर पैदा भएको छ । यसै त मानिसमा विभिन्न कुराले तनाव पैदा गरिरहेको हुन्छ, झन् महामारीले त तनावमा बढावा दिएको छ ।
तनाव के हो ?
तनाव हाम्रो मानव शरीरमा हुने मानवीय प्रक्रियाजस्तै एउटा प्रक्रिया हो । यो सबैमा हुन्छ । मानव शरीर हरेक अनुभवलाई प्रतिक्रिया गर्ने हिसाबले बनेको हुन्छ । जब तपाईं परिवर्तन वा चुनौती (तनाव) अनुभव गर्नुहुन्छ, तपाईंको शरीरले शारीरिक र मानसिक प्रतिक्रियाहरू उत्पादन गर्छ । त्यो तनाव हो । शरीरमा रहेको तनाव रेस्पोन्स सेलले नयाँ परिस्थितिहरूमा त्यसैअनुसार घुल्न मद्दत गर्छ । तर, हामीमा तनाव भनेको त नकारात्मक हो भन्ने मात्र धारणा रहेको छ । तर, तनाव सकारात्मक पनि हुन सक्छ । तनावले हामीलाई सचेत रहन, प्रेरित र जोखिमबाट बच्नका लागि तयार पनि गर्छ । उदाहरणका लागि यदि तपाईं एक महत्वपूर्ण परीक्षाका लागि तयारी गर्दै हुनुहुन्छ, जुन केही हप्तामा छ भने यो तनावको प्रतिक्रियास्वरूप शरीरले कडा मेहनत गर्न र लामो समय परीक्षाका लागि सचेत रहन मद्दत गर्न सक्छ । तर, तनाव तब समस्या बन्छ जब तनाव बिनाराहत, आराम र लामो अवधिसम्म रहिरहन्छ ।
तनावलाई कसरी कम गर्न सकिन्छ ?
तनाव व्यक्तिअनुसार हुन्छ । यो केवल त्यो व्यक्तिले अनुभव गर्छ जो यो अवस्थाबाट गुज्रिरहेको हुन्छ । तनाव उपस्थित भए–नभएको वा यो कत्तिको गम्भीर महसुस हुन्छ भन्ने केवल त्यो व्यक्तिलाई थाहा हुन्छ, जसले अनुभव गरिरहेको हुन्छ । तपाईंलाई के–कस्तो भइरहेको छ र के–के महसुस हुन्छ भनेर तपाईंको डाक्टरले प्रश्न गर्न सक्नुहुनेछ । जसबाट तपाईंको दिनचर्यामा यसले कसरी र कत्तिको प्रभाव परेको छ भन्नेबारे जान्न मद्दत गर्छ । यदि तपाईंमा पहिलेबाटै तनाव रहेको छ भने तनावले हुने लक्षणहरू हेर्न सक्नुहुनेछ । उदाहरणका लागि उच्च रक्तचाप उपचार गर्न सकिन्छ ।
तनाव राहतका लागि केही उपायहरू छन् :

  • तपाईं तनावबाट बच्न सक्नुहुन्न, तर केही दैनिक रणनीतिहरूको अभ्यास गरेर तपाईंले यसलाई जबरजस्ती हुनबाट रोक्न सक्नुहुन्छ ।
  • व्यायाम गर्नुहोस्, जब तपाईंलाई लाग्ने तनावका लक्षणहरू देखा पर्छन् । छोटो पैदलयात्राले पनि तपाईंको मुडलाई राम्रो बनाउन सक्छ ।
  • प्रत्येक दिनको अन्त्यमा तपाईंले के गर्नुभयो भन्नेबारे सोच्न एक क्षण लिनुहोस्, आफ्नो कापीमा उतार्न पनि सक्नुहुन्छ ।
  • तपाईंको दिन, हप्ता र महिनाका लागि लक्ष्यहरू तयार गर्नुहोस् । यसका निमित्त कार्य रहेको अनुभूतिले पनि राहत पु-याउन मद्दत गर्छ ।
  • एक्लै नबस्नुहोस् । सकेसम्म कुरा गर्ने, हाँस्ने, रमाइलो गर्ने गर्नुहोस् । यसले तपाईंको दिमागलाई अन्तै मोड्न मद्दत गर्छ ।
  • दैनिक ध्यान (मेडिटेसन) मा बस्नुहोस् । राम्रो धुनसँगै आफ्नो मनलाई एकाग्र राखेर आफूलाई समय दिनुहोस् ।
  • प्रत्येक दिन आफ्नो शरीरको राम्रो ख्याल गर्नुहोस् । सही खाना खाने, व्यायाम र पर्याप्त सुत्ने गर्दा तपाईंको शरीरलाई तनावलाई राम्रोसँग नियन्त्रण गर्न मद्दत गर्छ ।
  • सकारात्मक रहनुहोस्, आफ्नो जीवनको राम्रा कुराहरूलाई अनुसरण गर्नुहोस् ।
  • एकपटकमा एउटा काममा मात्र ध्यान दिनुहोस्, अर्को काम पनि सँगै लिनुभयो भनि दिमागले सकेको कामलाई भन्दा नसकेको कामलाई बढी ध्यानमा ध्यान पु-याइदिन्छ ।


तनाव कहिलेसम्म हुन्छ ?
तनाव एक छोटो अवधिको या लामो समयसम्मको समस्या हुन सक्छ, तपाईंको जीवनमा हुने परिवर्तनहरूमा निर्भर गर्छ । नियमित तनाव राहतका उपयहरूको प्रयोगले तपाईंलाई तनावबाट आउने अधिकांश शारीरिक, भावनात्मक र व्यावहारिक लक्षणहरूबाट बच्न मद्दत गर्छ ।
डाक्टरको परामर्श लिनुपर्छ
यदि तपाईं अभिभूत महसुस गर्नुहुन्छ भने, तपाईंले औषधि वा मदिरा प्रयोग गरिरहनुभएको छ भने, वा तपाईं ले आफूलाई चोट पु-याउनेबारेमा सोच्नुभएको छ भने तपाईंले मेडिकल उपचार खोज्नुपर्छ । तपाईंको डाक्टरले सल्लाह दिएअनुसार तोकिएको औषधि वा तपाईंलाई डाक्टरले दिनुभएको सल्लाह लिनुभयो भने निकै नै सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस्