Logo

अशोक लेलैण्डका वारुणयन्त्र प्रदेश–२ सरकारलाई हस्तान्तरण

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले प्रदेश–२ का आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई नौ थान दमकल हस्तान्तरण गरेको छ । प्रदेश–२ को मागअनुसार नेशनल फायर सेफ र आईएमई मोटर्सको संयुक्त कार्यमा मन्त्रालयलाई हस्तान्तरण गरिएको बताएको छ ।
मन्त्रालयका पदाधिकारीहरुको उपस्थितिमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राना थापा साथै नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले ९ थान दमकल हस्तान्तरण गरेका हुन । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई हस्तान्तरण गरिने बताए । कुसवाहाले चालू आ.व.को बजेटमा यसका निम्ति बजेट उपलब्ध गराइएकाले खरिद गरिएको बताए ।
अशोक लेलैण्ड को १६१६ आई एलमोडलको च्यासिसमा बनाइएको दमकलमा जापानिज ‘शीबौरा कम्पनीको’ पम्पप्रयोग गरिएको छ । जसले दमकल जान नसक्ने स्थानमा सजिलै पम्पको प्रयोग गरी दमकल जस्तै काम गर्न सकिने जनाएको छ । दमकलमा ५५०० लिटर पानी अट्ने क्षमता रहेको र ५०० लिटर फोम भर्न सकिने भन्दै कम्पनीले आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षति हुनबाट रोक्न सकिन्छ । कम्पनीकाअनुसार अत्याधुनिक दमकल अग्नि नियन्त्रणमा उपयोगी हुनुका साथै नेपालको भौगालिक वातावरण मैत्री भएकाले कार्यक्षमता राम्रो छ ।

प्रतिक्रिया दिनुहोस्