ज्यास्मिन हाईजीनको प्याड डिस्पोज मेसिन
ज्यास्मिन हाईजीनले प्याड डिस्पोज गर्ने सेफ्टी इनसिनेटर मेसिन ल्याएको छ । यसले एक दिनमा १०० प्याडसम्म डिस्पोज गर्ने कम्पनीले जनाएको छ । यो मेसिन विद्युत्बाट संचालित र प्रयोगकर्तामैत्री रहेको जनाइएको छ ।
जब प्रयोगमा आउँदैन यो मेसिन स्वचालित रूपमा बन्द हुन्छ । यसमा खरानी सफा गर्ने ट्रे समेत समावेश रहेको जनाइएको छ । यसले ब्याक्टेरिया र गन्धसमेत हटाउँछ । यसबाट आउने खरानी जुन मलको रूपमा समेत प्रयोग गर्न सकिन्छ र यो पानीमा सजिलैसँग घुल्ने जनाइएको छ ।
ज्यास्मिन हाइजीनका प्रबन्ध निर्देशक पुनित सारदाले नेपालमा सेनेटरी प्याडको प्रयोग बढिरहेको र प्रयोग भएका सेनेटरी प्याडको उचित व्यवस्थापन गर्नु सधै समस्याको विषय रहँदै आएको बताए । ती समस्याहरूलाई बुझेर सेफ्टी सेनेटरी प्याड इन्सेनेरेटर ल्याएको उनले बताए । स्कुल, सरकारी तथा कर्पोरेट कार्यालय, शपिंग मल लगायत सार्वजनिक शौचालयहरूमा समेत यसलाई सजिलै राख्न सकिने उनले बताए ।
ज्यास्मिन हाईजीनले हाल सेफ्टी सेनेटरी प्याड भेन्डिङ मेसिन पनि ल्याएको थियो जसबाट आवश्यक परेको समयमा किराना पसल वा फार्मेसीमा गए विना नै सहज रूपमा स्यानेटरी प्याडको प्रयोग गर्न सक्ने पहुँच बनाएको छ । कार्ड वा सिक्काको प्रयोगबाट सजिलै मेसिनबाट सेनेटरी प्याड प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
ज्यास्मिन हाइजिनले नेपालमै सेनेटरी प्याड उत्पादन गर्दछ । कम्पनीले १५ बर्षदेखि सेनिटरी प्याड लगायतका समाग्री उत्पादन गरिरहेको जनाएको छ ।