गुराँस लाइफ इन्स्योरेन्स १४औँ वर्षमा प्रवेश «

गुराँस लाइफ इन्स्योरेन्स १४औँ वर्षमा प्रवेश

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १३ वर्ष पूरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६५ जेठ १७ गते पहिलो बिमा पोलिसी जारी गरी नेपालमा जीवन बिमा व्यवसाय सुरु गरेको थियो । वार्षिकोत्सवको अवसरमा कम्पनीले कम बिमा शुल्कमा अधिकतम प्रतिफल दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
साथै आम जनताहरुमा बिमाको पहुँच पुर्याउन निरन्तर लागि पर्ने र आगामी दिनमा अझै सरल, छरितो, प्रविधिमैत्री बिमा सेवामार्फत अघि बढ्ने प्रतिबद्धता समेत जनाएको छ । कम्पनीले सञ्चालन अवधिको १४ वर्षको अवधीमा १० अर्बभन्दा बढीको जीवन बिमा कोष बनाउन सफल भइसकेको छ । एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले १३ वर्ष पूरा गर्दा सुनौलो भविष्यको रेखा कोर्न सफल भइसकेको छ ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १३ वर्ष पूरा गरी १४ औं वर्ष प्रवेश गरेको अवसरमा ‘बिमा पनि बचत पनि, कम बिमा शुल्कमा उचित प्रतिफल पनि’ भन्ने नारालाई अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्