Logo

पाँचथरलाई संघीय सरकारबाट तीन अर्ब १० करोड ४४ लाख बजेट


सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि पाँचथर जिल्लाका पालिकालाई ३ अर्ब १० करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ । एक नगरपालिका र सात गाउँपालिका रहेको पाँचथरका स्थानीय तहलाई संघीय सरकारले बजेटमा वृद्धि गरी पठाएको छ । स्थानीय तहले वित्तीय हस्तान्तरणबाट ३ अर्ब १० करोड ४६ लाख बजेट पाएका हुन् ।
पाँचथरमा सबैभन्दा धेरै फिदिम नगरपालिकाले समानीकरण अनुदान १५ करोड ८९ लाख, सशर्त अनुदान ५१ करोड ५० लाख र समपूरक अनुदान ९४ लाख गरी कुल ६८ करोड ३३ लाख प्राप्त गरेको छ । याङवरक गाउँपालिकाले समानीकरण अनुदान ९ करोड २४ लाख, सशर्त अनुदान २२ करोड ९८ लाख, समपूरक अनुदान २ करोड ७४ लाख गरी कुल ३६ करोड २५ लाख बजेट पाएको छ ।
फाल्गुनन्द गाउँपालिकाले समानीकरण अनुदान १० करोड ६० लाख, सशर्त अनुदान २७ करोड ५८ लाख गरी कुल ३८ करोड १८ लाख बजेट पाएको छ । तुम्बेवा गाउँपालिकाले समानीकरण अनुदान ७ करोड ९१ लाख, सशर्त अनुदान १८ करोड ६५ लाख, विशेष अनुदान ८३ लाख, समपूरक अनुदान ८३ लाख गरी कुल २८ करोड २२ लाख बजेट पाएको छ । कुम्मायक गाउँपालिकाले समानीकरण अनुदान ८ करोड ५३ लाख र सशर्त अनुदान १८ करोड ९ लाख गरी कुल २६ करोड ६२ लाख बजेट पाएको छ ।
फालेलुङ गाउँपालिकाले समानीकरण अनुदान ९ करोड ९४ लाख, सशर्त अनुदान २७ करोड ३४ लाख, समपूरक अनुदान १ करोड ४५ लाख गरी कुल ३८ करोड ७३ लाख बजेट प्राप्त गर्दा यता फाल्गुनन्द गाउँपालिकाले समानीकरण अनुदान १० करोड ६० लाख, सशर्त अनुदान २७ करोड ५८ लाख गरी कुल ३८ करोड १८ लाख बजेट पाएको छ । दक्षिणी मिक्लाजुङ गाउँपालिकाले समानीकरण अनुदान १० करोड ७३ लाख, सशर्त अनुदान २७ करोड ७८ लाख गरी कुल ३८ करोड ५१ लाख बजेट पाएको छ । हिलिहाङ गाउँपालिकाले समानीकरण अनुदान १० करोड ४४ लाख, सशर्त अनुदान २३ करोड ४६ लाख र समपूरक अनुदान १ करोड ७२ लाख गरी कुल ३५ करोड ६२ लाख बजेट पाएको छ ।

प्रतिक्रिया दिनुहोस्