एक करोड ५० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग
पछिल्लो समय मुगुमा पनि दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको बेला जिल्ला अस्पताल मुगुलगायत अन्य स्वास्थ्य संस्थालाई एक करोड ५० लाखभन्दा बढीको स्वास्थ्य सामग्री प्राप्त भएको छ ।
मुगुका विभिन्न बस्ती, स्वास्थ्य र सडक क्षेत्रमा काम गर्दै आएको ग्रामीण पहुँच कार्यक्रमले जिल्ला अस्पताल ठिनी मुगुलाई अक्सिजनसहित सिलिन्डर ५० पिस, मेडिकल मास्क ८ हजार थान, एन नाइन १ हजार थान, सेनिटाइजर ८ सय लिटर, ग्लोब्स एक सय बट्टा प्रदान गरेको छ । त्यसैगरी पीपीई सेट तीन सय ५० थान, पुनः प्रयोग हुने पीपीई सेट तीन सय ५० थान, भेन्टिलेटर १ सेटलगायतका स्वास्थ्य सामग्री प्रदान गरेको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिबाट तयार गरिएको जिल्ला कारागारको नयाँ भवनमा रहेको प्रारम्भिक आइसोलेसन केन्द्रमा पनि स्वास्थ्य सामग्री वितरण गरेको ग्रामीण पहुँच कार्यक्रम मुगुको प्रमुख विष्णुराम विष्टले बताए ।