ट्रम्पको कर सुधारबाट अमेरिकाको रक्षा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी कंग्रेसका रिपब्लिकन पार्टीका सदस्यहरूसँग तीन प्रमुख आर्थिक चुनौतीहरू सुस्ताउँदै वृद्धि, बढ्दो असमानता र संकटग्रस्त बन्दै गएको आर्थिक नीतिलाई अमेरिकी कर आचारसंहितालाई सुधार गरी सम्बोधन गर्न एक अवसर र उत्तरदायित्व छ । दुःखद कुरो, उनीहरूले एक विधेयक पारित गर्दै यो अवसर गुमाएर आफ्नो जवाफदेहिताबाट पन्छिए ।
कुनै युद्धपश्चात्को भन्दा उच्च रहेको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को हिस्साजस्तो अमेरिकी सार्वजनिक ऋण रहेका बेला त्यो विधेयकले आगामी दशकभन्दा बढी समयसम्मका लागि अर्को १.५ देखि २.२ ट्रिलियन अमेरिकी डलरबराबरको घाटा थप्नेछ । आम्दानी र सम्पत्ति असमानता बढिरहेका बेला एक अनुमानअनुसार ८० प्रतिशतसम्मको कर कटौतीले यसलाई सन् २०२७ सम्म १ प्रतिशतले बढाउनेछ, अनि अर्थत्रतन्त्र ३३ त्रैमासका लागि सुस्ताउँदै आइरहेका बेला विधेयकले वृद्धिमा मात्र मन्द प्रभाव दिनेछ ।
विश्वस्त होऔं, कर्पाेरेट कर दरको एक महत्वपूर्ण कटौती लामो समयदेखि अपेक्षित रहिआएको थियो । विधेयकले लगानीकर्ता र देशी–विदेशी कम्पनीहरूलाई अमेरिकामा व्यवसाय गर्न प्रोत्साहित गर्नेछ । तर, एक भारी बहुमतद्वारा अर्थशास्त्रीहरू ट्रम्प र उनका आर्थिक सल्लाहकारद्वारा प्रचार गरेअनुसार वार्षिक १ प्रतिशतको बिन्दुमा हुने वृद्धिदरमा हुने वृद्धिको लाभ तल झर्ने पूर्वानुमान गर्छन् ।
अझ भन्दा ट्रम्प प्रशासनको घोषणालाई समर्थन गर्न कुनै विश्वसनीय प्रमाण छैनन्, जुन घोषणाले धेरै रूढिगत मान्यताअनुसार अमेरिकाको औसत घरधुरीको आम्दानी वार्षिक ४ हजार अमेरिकी डलरमा उकास्ने गरी तीव्र गतिको लाभ दिनेछैन । आर्थिक अनुसन्धानको एक विशाल निकायले अधिकतम २०–२५ प्रतिशतसम्मको कर्पाेरेट कर कटौतीको लाभले श्रमलाई र बाँकीले करिब एकतिहाइ विदेशी रहेको सेयरधनीहरूलाई बढाउने दर्साउँछ । सर्वाधिक लाभ प्राप्त गर्नेहरू ती शीर्षका घरेलु सेयरधनीहरू हुन्छन्, जसमा आधाजतिसँग आउट स्ट्यान्डिङ सेयर छ । विधेयकले आफैं तिर्ने प्रशासकको दाबीलाई समर्थन गर्ने कुनै प्रमाण छैन् । जहाँसम्म यसका लागि मतदान गरे, उनीहरूलाई राम्ररी थाहा छ कि वृद्धिमा हुने अपेक्षित लाभले राजस्व गुमाएकाहरूमध्येको एकतिहाइलाई बलियो पार्नेछ । तर, उनीहरूले एक कुटिल खेल खेलिरहेका छन् । अहिले राजस्व घटाउँदै लगेर उनीहरू सडकमा रहेका निम्न र मध्यमवर्गलाई कटौतीबाट सेवा दिने विषयलाई आर्थिक जवाफदेहिता र सुधारको नाममा पुष्टि गर्ने कुनै स्थानमा हुनेछन् ।
अझ खराब भनेको नाटकीय ढंगले असमानता बढाउने र आर्थिक एवं सामाजिक गतिशीलता सीमित पार्ने गरी एक पहेलीसहितका प्रावधानहरूको यो कर विधेयक हो । उच्च आम्दानी कर दरलाई कटौती गरी करका लागि तय गरिएको सीमालाई दोब्बर गरी व्यवसायबाट करलाई न्यून गर्दै यो विधेयकले सम्पत्तिशालीलाई सम्पत्ति थुपार्न र मध्यम वर्ग र भावी पुस्ताबाट तिर्न लगाउनेछ । विधेयकको प्राथमिकता भौतिक एवं वित्तीय पुँजीमा रहेको छ । जबकि अमेरिकाका लागि आवश्यक मानव पुँजीमा र स्वचालित एवं कृत्रिम बौद्धिकताले प्रभावित मजदुर एवं समुदायलाई जीवनभर सिकाउने विषयमा लगानी लगाउनुपर्नेछ । कामलाई प्रोत्साहन गर्ने आर्जित आम्दानी कर साखलाई विस्तार गर्नुको साटो विधेयकले अमेरिकी इतिहासमा पहिलो पटक संस्थापक र साझेदारहरूबाट आर्जित आम्दानीको भन्दा बढी रोजगार आम्दानीमा उच्च कर थप्नेछ ।
यसका अतिरिक्त विधेयकले लोकतान्त्रिक उन्मुख राज्य र सहरहरूमाथि निर्लज्जतापूर्वक पक्षपातपूर्ण आक्रमण गर्छ । उदाहरणका लागि सम्पत्ति बन्धक ह्रासको सीमामा विधेयकले कर थोप्नेछ । यसबाट न्युयोर्क र क्यालिफोर्नियाजस्ता उच्च मूल्य–मान्यताका साथ लोकतान्त्रिक जीवन जिउनेहरूमाथि प्रतिकूल प्रभाव पर्नेछ । हाल सन्फ्रान्सिस्कोमा आवास मूल्यको मध्यक १५ लाख अमेरिकी डलर छ । कन्सास जो भरपर्दो रिपब्लिकन राज्य हो, यहाँ यो मूल्य १ लाख ८७ हजार अमेरिकी डलर छ अनि यदि हामी पर्याप्त रूपमा नराम्रा छैनौं भने यो विधेयकले क्यालिफोर्निया र न्युयोर्कजस्ता राज्यलाई उच्च करको भार मनसायगत रूपले थोपर्छ । यो काम राज्य र स्थानीय आम्दानी एवं सम्पत्ति करको संघीय दरको सीमा लगाएर गर्नेछ । विडम्बना के छ भने यो प्रावधानले देशको अधिकांश उत्पादकत्व एवं औद्योगिक क्षेत्रमा क्रियाशील लाखौं कामदारमाथि सीमान्त कर दर बढाएर वृद्धिलाई हानि पुर्याउनेछ । सिर्जनशीलता, पूर्वाधार, उच्च शिक्षाजस्ता क्षेत्रमा आवश्यक वित्तीय लगानी लगाउन राज्य र स्थानीय सरकारलाई कठिनाइ उत्पन्न गर्छ । यी लगानीहरू राज्यका लागि जवाफदेहिताका विषय हुन्, साथै समग्र अमेरिकाको प्रतिस्पर्धापनका स्तम्भहरू हुन् ।
बहुसंख्यक अमेरिकी कर कानुनलाई दोषपूर्ण एवं झूटा वाचाको रूपमा बुझ्छन् । ओबामा केयरले चिनिएको सहुलियतपूर्ण उपचार ऐनलाई असफल गराई रिपब्लिकन कंग्रेस सदस्यहरूले जटिल प्रकारको कर प्याकेजमार्फत उनीहरूले आफ्ना सम्पत्तिशाली दाताहरूलाई खुसी तुल्याउनेछन्, तर यसबाट आफ्ना धेरै मतदातालाई निराश बनाउनेछन् । कर कानुनको अलोकप्रियताको अवस्थामा आउँदो नोभेम्बरमा हुने मध्यकालीन कंग्रेसको निर्वाचनमा जे हुनेछ त्यो चाखलाग्दो हुनेछ । ठीक यही बेला प्रगतिशील संघीयतावादीहरू राज्य र सहरहरूमा तत्परता देखाइरहेका छन् ।
यो अवस्थामा उनीहरूले संघीय सरकारका ध्वस्त कार्यहरूलाई उठाउन काम गर्नैपर्छ । प्रतीक्षा गरौं, राज्यहरूका धेरै बाटाले उनीहरूको कर शासनलाई आम्दानी करबाट अलग गर्नेतर्फ मोडनेछ र सेवाक्षेत्र समेत गरी सम्पत्ति र बिक्री करतर्फ डो¥याउनेछ, जसको लेखा आर्थिक गतिविधिको ७० प्रतिशतभन्दा बढी छ तर परम्परागत रूपमा राज्य एवं स्थानीय तहमा हलुका कर लगाउँदै आएको छ ।
केही राज्यमा राज्य करहरूलाई पुनर्वर्गीकरण गर्ने कुरा गरिँदैछ, जसले गर्दा उनीहरू कर कटौतीका लागि उपयुक्त ठहरिनेछ । यसैगरी केहीले राज्यको आम्दानी कर जसमा तलब करसमेत हुन्छ, जुन कर रोजगारदाताले संघीय तहमा कट्टा गर्न सक्छ, त्यसलाई विस्थापन गर्ने प्रस्ताव गरेका छन् । प्रतिक्षा गरौं, घरवारविहीनको संख्या घटाउन र फौज्दारी न्याय प्रणालीमा सुधार गर्न परिणामउन्मुख राज्य स्थानीय कोष सञ्चालनमा कर वृद्धि गरिनेछ ।
उच्च सीमान्त आम्दानी कर दर र आवासीय सम्पत्ति करमाथिको बाधाको अवस्थामा क्यालिफोर्निया आर्थिक नीतिको सुधारको अग्रपंक्तिमा हुनेछ । बहुउद्देश्यीय सुधार प्रस्तावहरू परिचालित भइरहेका छन्, जसमा प्रस्ताव १३ लाई सुधार गर्ने प्रक्रिया सामेल छन् । यसले नाटकीय रूपमा वाणिज्य सम्पत्ति करमा विद्यमान बाधाहरूलाई फुकाउनेछ । राज्य सरकारहरूमा पूर्ण नियन्त्रण कायम गरेका डेमोक्रेटसहरूका साथ संघीय कानुनलाई प्रतिरोध गर्न मापदण्डलाई अपनाइने करिब–करिब निश्चित छ ।
क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले रिपब्लिकनहरूलाई कर राक्षसताका लागि आह्वान गरेका छन् । उनी सही छन् । यो भयानक नीति हो । अन्य देशहरूले गतिशील कर्पाेरेट पुँजीमा कर घटाएका छन् र कटौतीहरूको भुक्तानी मूल्य अभिवृद्धि कर र कार्बन कर, लाभांश कर, पुँजी वृद्धि कर र उत्तराधिकारी करमा वृद्धि गरी गरेका छन् । यसको विपरीत ट्रम्प र रिपब्लिकनहरूले व्यवसाय र तिनका मालिकहरूमाथिको कर कटौतीलाई छनौट गर्छन् । साथै, संघीय बजेटमा प्वाल पारिरहेका छन्, असमानता बढाइरहेका छन् र देशका सर्वाधिक उत्पादकत्व क्षेत्रमा नयाँ भार थपिरहेका छन् ।
अझ अविष्कारको जननीको आवश्यकता छ । अमेरिकी सहर र राज्यहरू जो लोकतन्त्रका प्रयोगशाला छन्, तिनमा प्रगतिशील संघीयवादीहरूका लागि अहिले सिर्जनशीलताका लागि सुरुवाती कदम बढाउनुपर्ने आवश्यकता बढी छ ।
(लाउरा टाइसन अमेरिकी राष्ट्रिपतिको आर्थिक सल्लाहकार परिषद्का पूर्व प्रमुख तथा क्यालिफोर्निया युनिभर्सिटीस्थित हास स्कुल अफ बिजनेसका प्रोफेसर हुन् भने लेनी मेन्डोनका प्रेसिडियो इन्स्टिच्युटका वरिष्ठ विज्ञ एवं म्याककिन्से एन्ड कम्पनीका वरिष्ठ साझेदार हुन् ।
स्रोत : प्रोजेक्ट सिन्डिकेट
लाउरा टाइसन-लेनी मेन्डोनका