सनराइज ब्लूचिप फण्डको सूचीकृत सेयरमा लगानी १५ करोड १४ लाखभन्दा बढी «

सनराइज ब्लूचिप फण्डको सूचीकृत सेयरमा लगानी १५ करोड १४ लाखभन्दा बढी

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज ब्लूचिप फण्डले वैशाख मसान्तसम्ममा सूचीकृत सेयरमा १५ करोड १४ लाख ९१ हजार रूपैयाँ लगानी गरेको छ ।
उक्त योजनाले चैत मसान्तसम्ममा उक्त सेयरमा गरेको लगानी ६ करोड ५ लाख ३७ हजार रूपैयाँ थियो । उक्त योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्य वैशाख मसान्तमा ९.९५ रहेको छ ।
चैत मसान्तमा योजनाको एनएभी ९.९६ थियो । उक्त योजना वैशाख मसान्तमासम्ममा ३८ लाख ८ लाख नोक्सानीमा रहेको छ । योजनाको वैशाख मसान्तसम्ममा प्राप्त भइसकेको आम्दानी ४ लाख १३ हजार रहेको छ भने प्राप्त हुन बाँकी आम्दानी ४६ लाख ५२ हजार रहेको छ ।
उक्त योजनाले नेपाल धितोपत्र बोर्डबाट सञ्चालनको अनुमति विसं २०७७ फागुन १८ गते पाएको हो । यो १२ वर्षसम्म अवधि भएको १० वर्षे योजना हो ।

प्रतिक्रिया दिनुहोस्