नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य एक हजार २२ रुपैयाँ तोकिएको छ ।
संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यही जेठ ३० गतेसम्ममा आवेदन पेश गर्न सक्नेछन् ।
इच्छुकले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा प्रतिकित्ता आपूmले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।