गुगल प्लस कोड अद्यावधिक गर्ने मुक्तिनाथ विकास बैंक पहिलो «

गुगल प्लस कोड अद्यावधिक गर्ने मुक्तिनाथ विकास बैंक पहिलो

मुक्तिनाथ विकास बैंकले आफ्नो सबै कार्यालयहरुको स्थान पहिचान गर्न सहज होस भन्ने अभिप्रायले गुगल प्लस कोड सार्वजनिक गरेको छ । यो कोड गुगल नक्सामा टाइप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिन्छ । यस्तो कोड अद्यावधिक गर्ने मुक्तिनाथ विकास बैंक नेपालको पहिलो बैंक हो ।
गुगल प्लस कोड गुगल नक्सामा आधारित जीपीएस प्रणालीले स्थानज नाउने कोड हो । सो कोडको प्रयोगले खोजेको स्थानको ढोकासम्मै पुग्न सकिन्छ । यो व्यवस्थाले बैंकको कार्यालयसम्म पुग्न चाहने ग्राहकलाई सहज हुने विस्वास लिएको बैकले जनाएको छ । यो कोड सम्बन्धित कार्यालयमा फोन गरेर वा बैंकको वेवसाइटमा शाखाको विवरण रहेको स्थानमा हरेक शाखाका कोडहरु उपलब्ध गराइएको बैकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्