बागलुङलाई आर्थिक समृद्धिको बाटोमा लैजाने प्रतिबद्धता

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागलुङ जिल्लाका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले नतिजा आफ्नो पोल्टामा पारेपछि जनताको चाहनाअनुसार निर्वाचनमा गरेका वाचा पूरा गर्छन्ग-र्दैनन् भन्ने चर्चा चल्न थालेको छ । यहाँबाट नवनिर्वाचित सांसदहरूले समाजका सबै प्रकारका विभेद र असमानता हटाएर जिल्लालाई आर्थिक समृद्धिको बाटोमा लैजाने दाबी गरिरहेका छन् । संविधानले परिकल्पना गरेअनुरूप सामाजिक न्याय र समाजवादको लक्ष्यमा पुग्न आर्थिक समृद्धिको विकल्प नभएको पनि उनीहरूले तर्क छ । उनीहरूले सामाजिक न्यायसहितको समृद्धि आर्जन गर्न संघर्षशील रहने बताएका छन् । निर्वाचनका बेला जनतासामु पेस गरेका सम्पूर्ण एजेन्डा पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको उनीहरू बताउँछन् । चुनाव जितेपछि बधाई थाप्न भ्याइनभ्याइ भइरहेका बेला बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठक र क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल ‘सुनिल’ स“ग कारोबारकर्मी त्रिलोचन रिजालले गरेको कुराकानीको सार:
मेरा प्रतिपक्षी कोही नहुने गरी काम गर्छु
डा. सूर्य पाठक
प्रतिनिधिसभा सदस्य, बागलुङ क्षेत्र नम्बर १
विजयी हुँदा कस्तो अनुभूति भइरहेको छ ?
उत्साहित छु, खुसी छु । खुसीसँगै जिम्मेवारीबोधको पनि महसुस भइरहेको छ । नेपालको राजनीतिमार्फत जनताको जीवन बदल्नका लागि जुन संकल्पका साथ आएको थिएँ, त्यसलाई जनताले अनुमोदित गरिदिनुभएको छ । म आभारी छु ।
अब्बल प्रतिस्पर्धी हुदा पनि १३ हजारभन्दा बढीको फराकिलो जित हासिल गर्नुभयो, यो जित अपेक्षित थियो कि सरप्राइज ?
एउटा उम्मेदवारका लागि जित त स्वाभाविकै हो । तर, अहिलेको जुन मतान्तरमा जित हासिल गरेँ, त्यो त मेरा लागि सरप्राइज नै हो । निर्वाचनमार्फत जनताले अपार माया दिनुभएको छ । म यसलाई विश्वासमा रूपान्तरण गर्नेछु । प्रत्येक मत र मनको प्रतिनिधित्व गर्ने प्रयास गर्नेछु ।
अब प्रतिनिधिसभामा निर्वाचित भइसकेपछि तपाईंको प्राथमिकता के–कस्तो रहन्छ ?
मैले निर्वाचनका सन्दर्भमा पनि भनेको छु । मेरो हजुरबाको पालादेखि अहिलेसम्म हाम्रो महत्पूर्ण समय राजनीतिक अन्योलमै बित्यो । राजनीतिक अस्थिरताले विकास भएन, बृहत् वाम गठबन्धन बनाएर अघि बढ्यौं, यसलार्ई जनताले अनुमोदन गरेका छन् । अब योजनाबद्ध रूपमा विकास र समृद्धिको खाका बनाएर लाग्छौं । पाँच वर्षमा जनताको बीचमा जाँदा जनताले प्रश्न गर्न नपर्ने गरी काम गर्न प्रयत्नशील हुन्छौं । खानेपानी, सडक, विद्युत्, सिँचाइ पुगेन होइन, फरक विषय माग राख्ने गरी अघि बढ्छौं । अब हाम्रो ध्यान जनताको जीवनस्तर उकास्नेमा हुन्छ । सेवा–सुविधाको सहजतामा हुन्छ । बागलुङको सम्भाव्यता बोकेका स्थानहरूको पहिचान गरेर त्यसमा बजेट केन्द्रीकृत गरेर काम गर्छौं । जिल्लाको सम्भावना बोकेर पनि लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल सञ्चालनका लागि तत्कालै बागलुङ सदरमुकामदेखि बलेवा बिमानस्थलसम्मको मोटरबाटोलाई ग्राभेल र पिच गर्न पहल गर्छु । गाउँमा उत्पादित अग्र्यानिक चिज-वस्तुहरू छन्, तिनीहरूको बजारीकरणका लागि ग्रामीण सडकको स्तरोन्नति ग्राभेलका लागि पहल गर्ने, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरलाई कसरी जिल्लाको विकास र समृद्धिसँग जोड्ने भन्नेमा ध्यान केन्द्रित गर्ने तथा यसमा अरू क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूसँग समन्वय गरेर अघि बढ्नेछु ।
चुनाव जितिसकेपछि जनतालाई फर्केर हेर्दैनन् भन्ने व्यापक गुनासो छ नि ?
अब समय बदलिएको छ । हिजो राजनीतिक अधिकारका लागि लडाइँ लड्नुपर्ने अवस्था थियो, अब त्यो अवस्था छैन । अबको लडाईं भनेको आर्थिक विकास, स्थिरता र समृद्धिको हो । यो लडाइँ हामी लड्दा सबैले महसुस गर्ने गरी सर्वसाधारणले औंला नठड्याउने गरी काम हुन्छन् । अब जनतामा रहेको त्यो प्रश्न दोहोरिन दिंदैनौं ।
अहिले जे–जस्ता आश्वासन व्यक्त गरे पनि चुनावका बेला नेताहरू गाउँ देखिने तर चुनाव सकिएपछि गाउँ नै नफर्किने प्रचलन छ नि ?
यो चुनावमा सबैभन्दा बढी फेस गर्नुपरेको प्रश्न यही हो । उहाँहरूलाई विकासभन्दा पनि गाउँ आइदिए हुन्थ्यो, हाम्रो आँगनमा टेकिदिए हुन्थ्यो, हाम्रो समस्या-भावना बुझिदिए हुन्थ्यो भन्ने अपेक्षा छ । हामी राजनीतिकर्मीको काम पनि यही हो; जनतासँग समाजको समस्या, आवश्यकता, गुनासा अन्तत्र्रिmया-संवाद गरेर सरकारसमक्ष पु¥याउने र सरकारले गरेका राम्रा काम जनतामा लैजाने हो । म यो गर्नका लागि कुनै पनि कसर बाँकी राख्दिनँ । म एक–दुई वर्ष रंग पु¥याउनका लागि आएको होइन । म बरु आफूले बोलेको कुरा पूरा गर्न सकिनँ भने जनतासँग हात जोडेर माफी माग्नेछु । म कम्तीमा पनि दुई–तीन महिनाको अन्तरालमा एकपटक निर्वाचन क्षेत्रका गाउँमा पुगेर जनभावना, पिर–मर्का बुझेर सम्बोधनका लागि पहल गर्नेछु ।
तपाईंले जति मत लिएर विजयी हुनुभएको छ, प्रतिस्पर्धीको मत पनि ठूलो संख्यामा देखिन्छ । अब त्यो मतको सम्मान कसरी गर्नुहुन्छ ?
वास्तवमा मेरा लागि अब प्रतिपक्षी कोही हुनुहुन्न । म सबै शक्तिलाई मिलाएर लैजान्छु भन्ने पक्षमा छु । हिजो चुनावी अभियानका क्रममा हामी यो पार्टी वा त्यो पार्टी भएर विचार र सिद्धान्तका आधारमा जनताको घरदैलोमा गयौं, तर अब हामी सबै एकै ठाउँमा छौं । हामी एउटा निर्वाचन प्रक्रियामा थियौं, निर्वाचन प्रक्रियामा स्वाभाविक मत बाँडिन्छन् । हिजो कसैले कसैलाई मत हाल्नुभयो होला । ती सबै मेरा मतदाता हुन् । यस क्षेत्रमा ५५ हजार मतदाता छन् । मतदाता मात्र होइन, मत हाल्न नपाएका मेरो निर्वाचन क्षेत्रमा बसोबास गर्ने सबैको हकहितका लागि मेरो प्राथमिकता रहनेछ । सबैले समान अवसर र विकासको उपभोग गर्न पाउनुपर्छ । यो वा त्यो पार्टी भनेर विभेद गर्ने समय छैन भन्ने मलाई लाग्छ । सबैलाई समान आँखाले हेरेपछि मिलाएर जान कठिन छ जस्तो लाग्दैन ।
जिल्लाको समग्र विकास प्राथमिकतामा
देवेन्द्र पौडेल
प्रतिनिधिसभा सदस्य, बागलुङ क्षेत्र नम्बर २
जिल्लामा पहिलो पटक प्रत्यक्ष तर्फबाट विजयी हुँदाको अनुभव कस्तो रह्यो ?
विजयी हुँदाको स्वाभाविक खुसी, उत्साह मनमा छ । जनताले जुन विश्वास र भरोसा गरेर भारी मतले विजयी बनाएका छन्, यसले मलाई गम्भीर पनि बनाएको छ । विगतमा हामी विभिन्न व्यवस्थाले काम गरेन, गर्न दिएन भनेर गुनासो, प्रश्न र आलोचन गर्ने ठाउँमा थियौं । अब म आफैं त्यो अग्निपरीक्षामा सामेल भएको छु । मलाई के विश्वास छ भने म फेरि जनताकै साथ–सहयोगमा अहिलेको जिम्मेवारी पूरा गर्न सफल हुनेछु ।
तपाईं त आफ्नो निर्वाचन क्षेत्र छोडेर अर्को क्षेत्रमा प्रतिस्पर्धा गर्नुभो । कत्तिको सकसपूर्ण अनुभव भयो ?
सुरुमा प्रतिस्पर्धीहरूबाट अलि बढी नै र आन्तरिक रूपमा पनि केही समस्या देखिएका थिए । बिस्तारै चुनावी अभियानलाई तीव्रता दिँदै जाँदा त्यो गौण बन्यो । परिवर्तनका निम्ति जनताको समर्थन हेर्दा १ नम्बर र २ नम्बरको भन्ने भिन्नता मैले पाइनँ । सबै जनताले मलाई साथ र हौसला दिनुभयो र उहाँहरूको मतबाट म आज निर्वाचित पनि भएँ । अब मेरो काम भनेको यहाँका जनताको समस्यालाई प्रदेश र केन्द्रको सरकारसँग जोड्ने र केन्द्रीय पूर्वाधारका योजना जिल्लामा ल्याएर म निर्वाचित क्षेत्र र समग्रमा बागलुङ जिल्लाको विकासका लागि सक्दो कोसिस गर्नेछु ।
राजनीतिक रूपमा हेर्दा त यहाँ वैकल्पिक शक्ति भनेर माओवादीबाट नयाँ शक्तिमा जानुभो । फेरि माओवादी केन्द्रमै आएर चुनावी मैदानमा उत्रिनुभो । खास तपाईंलाई जनताले केका लागि मत दिएजस्तो लाग्छ ?
समयको गतिशीलतामा केही परीक्षण÷अभ्यासहरू हामीले ग¥यौं; तर अहिलेको निकास, विकास, समृद्धि र राजनीतिक स्थिरताका लागि वामपन्थी एक ठाउँमा हुनुको विकल्प देखिएन । हामीले पटक–पटक राजनीतिक क्रान्ति गरेउ , तर आर्थिक रूपमा देशलाई अगाडि बढाउन सकेनौं । नेपाली कांग्रेसले लामो समयदेखि देशको नेतृत्व गरेउ तर उसले देश विकासको गतिलो खाकासमेत दिन सकेन । हामीले अहिले एउटै कम्युनिस्ट केन्द्र बनाउने र देशलाई आर्थिक समृद्धिमा लैजाने गरी स्थिर सरकार बनाएर मुलुकमा स्थिरता कायम गर्ने उद्घोष ग¥यौं । यसबाट देशभर कार्यकर्ता र मतदातामा उत्साह बढ्यो । अभाव, उत्पीडन, गरिबी, विभेदबाट पिल्सिएका जनताले देशको मुहार फेर्न सक्ने शक्ति आएको महसुस गरेर हामीलाई भरोसा गरी मत दिए भन्ने लागेको छ ।
अबको तपार्इंको प्राथमिकता के–के रहनेछ ?
बागलुङ जिल्लाको क्षेत्र नम्बर २ भौगोलिक हिसाबले विकट, सामाजिक–शैक्षिक चेतना जागरणका हिसाबले पनि पछि परेको क्षेत्र हो । अहिले यस क्षेत्रमा सडक सञ्जालहरूले केही विकासका छिर्का देखिन थालेका छन् । अहिले निर्माणाधीन मध्यपहाडी लोकमार्गलाई स्तरोन्नति गर्दै सबै गाउँ÷नगरपालिकामा पिच बाटो पु¥याउन पहल गर्छु । तीनवटा महत्पूर्ण ठाउँ गल्कोट नगरपालिका, बुर्तिबाङ बजार र दगातुन डाँडाको खारदेखि खर्बाङसम्मको बजारलाई व्यवस्थित सहरका रूपमा स्थापना गर्ने सोच छ । घुम्टे, गाजा र ढोरपाटन जिल्लाको राम्रो पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन् । यी ठाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भित्राउन का लागि विशेष योजना बनाउनेछौं । यस क्षेत्रमा आलुको विशेष पकेट क्षेत्र बनाएर कृषिको व्यवसायीकरण, स्लेट, ढुङ्गा खानी, तामाखानीहरूको उत्खनन तथा प्रवद्र्धनमार्फत युवाहरूलाई रोजगारीको व्यवस्थाका लागि पहल गर्छौं । सबै गाउँपालिका र नगरपालिकामा मध्यम स्तरको उपचार गर्न सक्ने अस्पतालको स्थापना र फरक–फरक विषयको क्याम्पस सबै स्थानीय तहमा सञ्चालन गर्ने गरी योजनाबद्ध हिसाबले हामी लाग्छौं । पाँच वर्षमा देखिने गरी हामी काम गर्नेछौं ।
तपाईं प्रतिनिधिसभामा निर्वाचित भएका हिसाबले नीतिगत सुधारका लागि पनि केही सोच छ कि ?
निर्वाचनको सन्दर्भमा गाउँ जाँदा जनताले उठाएका विषयवस्तु र समस्यालाई सूत्रबद्ध गरेका छौं । तिनीहरूलाई केन्द्रीय, प्रदेश र स्थानीय तहबाट कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारेमा छलफल गर्नेछौं । कुन सरकारबाट कुन योजनालाई सम्बोधन गर्न सकिन्छ, त्यहाँबाट व्यवस्थापन गर्नेछौं । जनतासँग प्रत्यक्ष सम्पर्कका लागि सम्बन्धित क्षेत्रमा एउटा सम्पर्क कार्यालय खडा गरिनेछ अनि केन्द्रमा पनि त्यो कार्यालय राखिनेछ । जनताको सरोकारको विषयलाई कार्यालयमार्फत सम्बन्धित सरकारसँग पु¥याउने र शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप बजेट विनियोजन तथा योजना कार्यान्वयन गर्ने सवालमा जिल्लाका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्नेछौं ।
नेताहरूलाई चुनावका बेला गाउँमा देख्न पायौं, अब नेता, सांसद देख्न अर्को निर्वाचन कुनुपर्ने हो कि भन्छन् जनता । अझ तपाईं त अर्को क्षेत्रमा गएर चुनाव जित्नुभो । यसलाई कसरी सोच्नुभएको छ ?
विगतमा के थियो भन्ने कुराले गर्दा अहिले जनताले यो प्रश्न र गुनासोलाई व्यापक रूपमा उठाएका छन् । यसले मलाई र निर्वाचित सबै साथीहरूलाई गम्भीर तुल्याएको छ । मेरो तर्फबाट नियमित रूपमा गाउँ पुगेर व्यहारबाटै यसको जवाफ दिने प्रयास हुनेछ । यस क्षेत्रमा थुप्रै विकट ठाउँ भएका कारण सबै ठाउँमा नियमित पुग्न कति सम्भव होला, तथापि गाउँघरका समस्या समाधानका लागि प्रयास गर्ने नै मेरो मुख्य काम हो । त्यतातर्फ मेरो ध्यान बढी केन्द्रित हुनेछ । जहाँका जनताको मत र सद्भावले विजयी भएँ, उहाँहरूसँगको भेटघाट, समस्या, गुनासो र प्रश्नको समाधानका लागि म सदैव प्रयत्नशील हुनेछु ।