पूर्वप्रधानमन्त्री गिरीको निधन «

पूर्वप्रधानमन्त्री गिरीको निधन

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको मंगलबार बिहान बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको छ । कलेजोको क्यान्सरको उपचार गराइरहेका पूर्वप्रम गिरीको बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको हो ।
सन् १९६० देखि सन् २००५ सम्म सक्रिय राजनीति गरेका गिरी पछिल्लो समय मुटु रोगबाटसमेत पीडित थिए । विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिमण्डलमा सदस्यका रुपमा काम गरेका गिरीले प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा मन्त्रिपरिषद्को उपाध्यक्ष भई काम गरेका थिए । उनको बुधबार (आज) पशुपतिमा अन्त्येष्टि गरिने श्रीमती सराह गिरीले जानकारी दिइन् । उनका श्रीमती, दुई छोरा र चार छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्