Logo

जुलाईबाट कोरियामा विदेशीलाई निःशुल्क कोरोना खोप

दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेनेका कोरोना खोप लगाउन पाउने भएका छन्।
कोरियामा ९० दिनभन्दाबढि बसोबास गरेको जुनसुकै आप्रवासीले खोप लगाउन पाउने छन्।
मेडिकल स्टाप, कोरोनाका विमारी र सत्तरी वर्षभन्दा माथिका वृद्धवृद्धाहरूलाई मे अन्तिमसम्म कोरोना खोप दिइसकिने बताइएको छ। जुनबाट ६० वर्षमाथिका मानिसहरूलाई लगाइने छ।
जुलाई पहिलो साताबाट १८ वर्षमाथि ६० वर्षसम्मका कोरियन विदेशी सबैले कोरोना खोपको आवेदन दिएर खोप लगाउन पाउने छन्। खोप आफुू बसोवासरत नजिकैको स्वास्थ केन्द्रमा उपलब्ध हुने रोग नियन्त्रण र रोकथाम एजेन्सीले जनाएको छ।
खोप लगाउनका लागि बैधानिकको हकमा आप्रवाशी परिचयपत्र र अबैधानिकका लागि पासपोर्ट वा सवारीचालक अनुमति पत्र हुनुपर्ने छ। भने खोपको तालिक जुन महिनामा सार्वजानिक हुने छ।
राष्ट्रिय स्वास्थ बिमामा समेटिएका व्यक्तिहरूले सार्वजानिक स्वास्थ केन्द्रहरू साथै अन्य अस्पतालहरूमा गएर पनि खोप लगाउन सक्नेछन्।
विदेशीका लागि सरकारले विभिन्न भाषा समेटेर वेबसाइट बनाउने बताइएको छ। जुनमा सार्वजनिक हुने वेवमार्फत पनि खोप आवेदन (एप्लाई) गरेर खोप लिन सकिने छ। वेबमा अंग्रजी, जापानी, चिनियाँ, रुसी, भियतनामी, अरबी गरी १२ भाषाहरूको सहायत हुने बताइएको छ।
त्यस्तै, खोप लगाएपछि देखिन सक्ने साइडइफेक्टको रिपोर्टका लागि सरकारी वेबसाइटमा नम्बरहरू राखिने पनि जनाइएको छ।
कोरिया रोग रोकथाम केन्द्रले २४ घण्टा हटलाइनको सुविधा पनि दिइरहेको छ। जहाँ कोरोनाको खोप र अन्य बारेमा सोधपुछ गर्न सकिनेछ।


निकुञ्ज तिवारी

प्रतिक्रिया दिनुहोस्