डोल्मा इम्प्याक्ट कोषले साना व्यवसायीलाई १ करोड डलर लगानी गर्ने
आईएफसीले डोल्मा इम्प्याक्ट कोष २ मा १ करोड डलर लगानी गर्ने भएको छ । आईएफसीका नेपाल आवासीय प्रतिनिधि, बाबाकार एस फायेलेडोलमा जस्ता निजी इक्विटी कोषहरू नेपाली कम्पनीहरूका लागी पुँजी र विशेषज्ञताको महत्वपूर्ण स्रोत हुनसक्ने बताएका छन् । यस्ता लगानीबाट महामारीको प्रभावसँग संघर्ष गरिरहेका व्यवसायहरुलाई पनि सहयोग पुग्ने बताइएको छ ।
सो लगानीअन्तर्गत साना र मध्यम आकारका उद्यमहरुलाई (एसएमई) स्वास्थ्य सेवा, नवीकरणीय उर्जा, प्रविधि र अन्य महत्वपूर्ण क्षेत्रमा सहयोग पुग्ने आईएफसी बताइएको छ । एसएमईहरू नेपालको विकासका प्रमुख इञ्जिन हुन् जसले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा २० प्रतिशत योगदान पु¥याउने बताइएको छ ।
देशमा ६० प्रतिशत रोजगारी सिर्जना गदर्ने अनुमान गरिएको छ । महामारीअघि नै एसएमईहरूको सीमित वित्तीय पहुँच थियो । हाल नेपालका एसएमईहरु मध्ये केवल ३९ प्रतिशतको मात्र वित्तीय पहुँच हुने बताइएको छ ।
आईएफसीको इक्विटी लगानीमा अन्तर्राष्ट्रिय विकास संघको निजी क्षेत्र विन्डोबाट ५० लाख डलर समावेश रहेको बताइएको छ । जुन कम आय भएका देशहरूमा निजी क्षेत्रको लगानी उत्प्रेरित गर्न सिर्जना गरिएको हो । समग्र लगानी आईएफसीको एसएमई उद्यम कार्यक्रमको एक हिस्सा हो । जसले कम आय भएका देशहरूमा उद्यमीहरू र कोष प्रबन्धकहरूलाई जोखिम पुँजी प्रदान गर्दछ, जहाँ यस्तो कोष अभाव वा अनुपलब्ध हुन्छ ।
१०० मिलियन डलर भन्दा कमको संयुक्त पुँजीसँग नेपालमा सञ्चालित निजी इक्विटी कोषहरू अन्य उदयमान अर्थतन्त्रहरूको तुलनामा थोरै छन् र विकासको सम्भावित सम्भावना धेरै रहेको बताइएको छ । २०१५ मा आईएफसीले बिजिनेस अक्सिजनमा ७० लाख डलर लगानी ग¥यो । त्यसपछि २०१७ मा थप ७३ लाखले डलरले बढेको थियो ।