Logo

समाजबाट एक्लिने डरले सडकलाई जग्गा दिएँ


पहुँचका आधारमा धेरै जग्गा हुनेले पुलको विस्तृत परियोजना प्रतिवेदन बनाउँदा सडक घुमाउरो बनाएका कारण सिर्जित समस्या जबर्जस्त सुल्झाइएको छ । मंगलबार प्रहरीसहित गाउँलेहरूको बाक्लो उपस्थितिमा साढे तीन मिटर सडक खोलिएको छ । सडक खोल्न कोरोना महामारीकै बीच सयौ स्थानीय र प्रहरीको साथ लिनुपरेको सडक विभाग भरतपुरका साइट कार्यालय गजुरीका इन्जिनियर कृष्णबहादुर खड्काले बताए । स्थानीयको जोडवलले अहिले साढे तीन मिटर सडक खोलिएको छ । सडक चौडाइ नालीसहित साढे आठ मिटर हुनु हो । धादिङबेसी सुनौलाबजार हुँदै फोस्रेटार सडक अब राष्ट्रिय राजमार्गमा जोडिएको इन्जिनियर खड्काले बताए ।
जग्गाधनी वासुदेव खतिवडा, तिलक गैह्रे र मनोज विसुन्केले धेरै वर्ष झोलुङे पुलको छेउमा किनेको घडेरीमा उनीहरूलाई जानकारी नगराई पुल निर्माण गर्दा विस्तृत परियोजना प्रतिवेदन बनाएका कारण सडक बनाउने विषयमा विवाद थियो । अहिले मेरो घडेरीबाट १५ मिटर लम्बाइ र साढे तीन मिटर चौडाइ खनेर सडक खोलेका छन् । समाजबाट एक्लिने डरले सडकलाई घडेरी नै सक्याएर सडक बनाउन दिएको उनले बताए । अरु दुई जनासँंग के सहमति भएको छ मलाई थाहा भएन । समाजले मलाई फरक ढंगले हेर्न र धम्काउन थालेकाले घडेरी सक्याएर रोड खोल्ल बाध्य भएँ खतिवडाले भने । सडक खोल्ने सहमति कसरी भयो आफू काठमाडांै भएकाले जानकारी भएन सडक मेरो जग्गासहित मिसाएर सडक खोलेको जानकारी पाएको छु तिलक गैह्रेले भने । जग्गाधनीहरू अझ पनि जग्गाको क्षतिपूर्ति पाउनेमा आशावादी छन् ।
तोकिएको समयभन्दा ३२ महिनापछि पुल निर्माण सकिए पनि चार महिनादेखि पुल फोटो खिच्नमा प्रयोग हुँदै आएको थियो । जिल्ला सदरमुकाम धादिङबेसी हुँदै पुरानो सदरमुकाम सुनौलाबजार फोस्रेटार सडक खण्डको फोस्रेटार केउरेनी जोड्ने त्रिशूली नदीको पुल तीन वर्षअघि निर्माण सम्पन्न गर्नुपर्ने थियो । यो पुलले धादिङ जिल्लाको गल्छी गाउँपालिका र नुवाकोट जिल्लाको वेलकोटगढी जोड्छ । धादिङबेसीदेखि गल्छीचोकसम्म ३६ किलोमिटरमा रहेको सडकको स्तरोनन्तिको काम अधिकांश पूरा भएको छ । पुल निर्माण तोकिएको समयमा नसकिनुमा भूकम्प, नाकाबन्दी र कोभिड–१९ का कारण भएको इन्जिनियर खड्काले बताए । त्रिशूली नदीमाथि १९२ मिटर लामो प्रिस्ट्रेस (आरसीसी) पुल निर्माण गर्न २०७१ असार ३१ गते सपना, हिम्डुङ एन्ड थोकर र नागार्जुन कन्स्ट्रक्सन जेभीले १५ करोड ११ लाख ३५ हजार ५६४ रुपैयाँमा निर्माण गरेका हुन् । निर्माण कम्पनीले तीन वर्षभित्र २०७४ असार ३० सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण सम्पन्न नगेरका कारण पटकपटक म्याद थप गर्दै २०७७ चैत मसान्तसम्म पु¥याएको थियो ।
सडक कालोपत्रे गरेमा पूर्वी उत्तरी गारेखा, उत्तरी धादिङ र नुवाकोटको तार्केश्वर र वेलकोटगढीका मानिस गल्छी हँुदै लामिडाँडाको डाँडाडाँडै सितापाइला निस्कन सजिलो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्