एमईए प्रवक्ता बागचीले भने, 'छिमेकी र मित्रको रूपमा भारत नेपाल र नेपाली जनताको समर्थनमा सँधै अटल रहनेछ
भारतले नेपालको नयाँ राजनीतिक घटनाक्रमलाई आन्तरिक विषयको रूपमा वर्णन गरेको छ।
नेपालमा हालसालै भएका राजनीतिक घटनाक्रमलाई ध्यान दिदै भारतले बुधबार भने कि यो हिमालयन देशको आन्तरिक मामिला हो र भारतले यसमा कुनै हस्तक्षेप गर्नेछैन।
“हामीले नेपालमा भइरहेको हालसालका राजनीतिक घटनाक्रममा ध्यान दिएका छौं। हामी त्यसलाई नेपालको आन्तरिक मामिलाको रूपमा हेर्दछौं जुन उनीहरूले आफ्नै घरेलु ढाँचा र प्रजातान्त्रिक प्रक्रिया अन्तर्गत व्यवहार गर्नु पर्छ।” विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले मिडियाका प्रश्नहरूको जवाफमा भने।
उनले यो पनि भने कि छिमेकी र मित्रको रूपमा भारत नेपाल र त्यहाँका जनताको प्रगति, शान्ति, स्थायित्व र विकासको दिशामा गरेको यात्राको समर्थनमा अटल रहन्छ।
गत साता प्रधानमन्त्री के पी शर्मा ओलीले बढ्दो कोविड १९ महामारीको संकटको बीच प्रतिनिधिसभालाई भंग गर्ने सिफारिस गरेपछि नेपाल नयाँ राजनीतिक उथलपुथलको चपेटामा फँसेको छ।
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सिफारिसपछि शनिबार पांच महिनामा दोस्रो पटक प्रतिनिधि सभा भंग गरिन् र नोभेम्बरमा मध्यावधि चुनावको घोषणा गरिन्।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री के पी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको विपक्षी गठबन्धनको सरकार बनाउने दावी अस्वीकार गरिन्। प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको लागि छुट्टा छुट्टै दावी गरेका थिए।
राष्ट्रपतिले दिएकाे निर्णयमा दु: खी नेपालका विपक्षी दलहरूले सोमबार सर्वोच्च अदालतमा निवेदन दिएका थिए जसमा प्रतिनिधिसभाको पुनःबहाली र नेपाली कांग्रेस नेता देउवालाई प्रधानमन्त्रीको रूपमा नियुक्ति गर्न माग गरे।
मिडिया रिपोर्ट अनुसार नेपाल सर्वोच्च अदालतले बिहीबार र शुक्रबार रिट याचिकामा सुनुवाई गर्नेछ।
स्रोत : इन्डिया न्युज नेटवर्क