Logo

क्लब हिमालय २५औं वर्षमा

भक्तपुरको नगरकोटस्थित क्लब हिमालय रिसोर्टले २५ वर्ष पार गरेको छ । नगरकोट पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको सुरुवाती समयदेखि नै साक्षीका रुपमा रहेको क्लब हिमालय रिसोर्ट एस होटल समूहले सञ्चालन गर्दै आएको छ ।
आन्तरिक एवं बाह्य पर्यटकको रोजाइमा पर्ने नगरकोटलाई नगरकोटका रूपमा विस्तार गर्ने तथा डेस्टिनेशन विकासमासमेत मुख्य भूमिका क्लब हिमालयको रहेको कम्पनीको दावी छ । होटल व्यवसायी योगेन्द्र शाक्य भन्छन्, “भोली यस्तो समय पनि आउला जब पर्यटकहरु नगरकोटमै बस्ने गरी आउने र साइट सिइङका लागि काठमाडौं जानेछन्, यसको सम्भावना देखिएको छ ।”
२५ वर्ष पार गरेसँगै रिसोर्टले पर्यटकलक्षित सेवा सुविधालाई ध्यानमा राखेर आफ्नो क्षमता विस्तार गर्दै जाने योजना बनाएको सञ्चालक शाक्यले बताए । क्लब हिमालयको विस्तारसँगै समग्र नगरकोटलाई नै काठमाडौं आउने पर्यटकका लागि दोस्रो विकल्पका रूपमा रुपान्तरण गर्ने योजना रहेको उनले जानकारी दिए ।
यो रिसोर्ट सन् १९९६ मे १४ मा ‘बुद्ध जयन्तीको दिन’ पारेर सञ्चालनमा आएको थियो । समुद्र सतहदेखि सात हजार दुई सय फिटको उचाईमा रहेको रिसोर्ट काठमाडौंदेखि ३२ किलोमिटर दूरीमा छ । रिसोर्टमा स्ट्याण्डर्ड, डिलक्स र डिलक्स प्रिमियम लगायत तीन प्रकारका प्राइभेट बाल्कोनीसहितका ६८ कोठा छन् । रिसोर्टमा इन्डोर हिटेड पुल, ज्याकुजी, अन्तर्राष्ट्रिय शैलीको बार तथा डाइनिङ, मल्टिपल सेमिनार हल लगायतका सेवा सुविधा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्