नाडाद्वारा एपीएफ अस्पताललाई सहयोग «

नाडाद्वारा एपीएफ अस्पताललाई सहयोग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि महत्वपूर्ण योगदान पु¥याउँदै आएको सशस्त्र प्रहरीको एपीएफ अस्पताललाई विभिन्न मेडिकेटेड सामग्री सहयोग गरेको छ । नाडाले थर्मोसल ब्वाइलेट ५० सेट, स्पिर ५० सेट, बेडसिट ५० सेट, टाबेल ५० थान, मास्क ५ हजार थान सहयोग गरेको महासचिव सुनील रिजालले जानकारी दिए ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सशस्त्र प्रहरी उपरीक्षक डा. मीना कुँवरलाई उक्त सामग्री हस्तानतरण गरेका हुन् । निषेधाज्ञाको अवस्थामा पनि नाडाले आफ्नो अस्पताललाई सहयोग गरेकोमा धन्यवाद दिँदै डा. कुँवरले सहयोग स्वरूप प्राप्त मेडिकेटेड सामान अस्पतालमा कोरोना उपचारका लागि आउने विपन्न व्यक्तिलाई प्रदान गरिने जानकारी दिइन् । कार्यक्रममा नाडाका महासचिव रिजाल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय सदस्य मिलनबाबु मल्ललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्