निषेधाज्ञामै किसानलाई रोपाइँको चटारो
कोरोना महामारी जारी रहेका बेला जुम्लाका किसान रोपाइँ गर्ने व्यस्त छन् । कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपनि जुम्लाका विभिन्न स्थानमा किसानहरु काली मार्सी धान रोपाइँ गरिरहेका छन् ।
हरेक वर्षको चैत दोस्रोत हप्तामा राखेका धानको बेर्ना एक महिनामा रोप्न तयार भएसँगै किसानलाई रोपाइँ गर्न चटारो भएको हो । जुम्लाका ८ वटै स्थानीय तहमा रहेका ज्यूलाहरुमा जुम्लीहरु रोपाइँमा व्यस्त भएका हुन् ।
जुम्लामा २ लाख ५३ हजार १ सय हेक्टर मध्ये ३९ हजार ४ सय ८६ हेक्टरमा धान खेती गर्दै आएका छन् । तर पर्याप्त सिँचाइको अभावका कारण काली मार्सी धान रोप्ने किसानको संख्या वर्षेनी घट्दै गएको छ ।