Logo

यूएसए आईडीद्वारा स्वास्थ्य सामग्री सहयोग

तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा यूएसए आइडी, तयार नेपालले तुलसीपुर कोरोना आइसोलेसन अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बुधबार तुलसीपुर उपमहानगरपालिका–८ अस्वारास्थित अस्पतालमै पुगेर सर्जिकल माक्स ३६० प्याकेट, ग्लोब्स १० प्यकेट, सेनिटाइजर २० लिटर, पिपिई ५० थान, थर्मल गन ५० थान र आइसोलेसन बेड २० थान हस्तान्तरण गरिएको हो । कोरोना महामारी नियन्त्रणका लागि प्राप्त स्वास्थ्य सामग्री तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा नगर प्रमुख पाण्डेले अमेरिकन जनताको तर्फबाट नेपाली जनताकालागि राहत साहयता सामग्री उपलब्ध गराएकोमा अमेरिकी सरकार र त्यहाँका जनतालाई धन्यावद दिए ।
कोरोना प्रतिरक्षाका लागि स्वास्थ्य सामग्री फलदायी बन्ने र जुन उद्देश्यका लागि आएका छन त्यही उद्देश्यकालागि प्रयोग गर्ने नगर प्रमुख पाण्डेले बताए ।
कोरोना संक्रमित बिरामीको उपचार र जीवन रक्षाका लागि स्वास्थ्य सामग्रीले मद्दत गर्ने बताउँदै तुलसीपुरको पहिचान र समृद्धिका लागि स्थापनाकालदेखिनै तुलसीपुर उद्योग बाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिकाले महत्वपूर्ण भूमिका खेल्दै आएको नगर प्रमुख पाण्डेले बताए ।
जनप्रतिनिधि नहुँदा पनि बाणिज्य संघले तुलसीपुरको विकासका लागि काम गर्दै आएको बताउँदै विगतदेखि अहिलेसम्म दुवै संस्थाको सम्बन्ध नङ र मासुको जस्तो भएकाले यसलाई अनन्तकालसम्म जोगाई राख्नु पर्ने बताए ।
गोरखा ग्रुपद्वारा १ लाख ५१ हजार सहयोग
यसैगरी गोरखा ग्रुपद्वारा सञ्चालित गोरखा माध्यमिक विद्यालय तुलसीपुरले तुलसीपुर कोभिड विपद व्यवस्थापन कोषमा १ लाख ५१ हजार आर्थिक सहयोग गरेको छ । अक्सिज प्लाण्ट सञ्चालनका लागि १ लाख २५ हजार र अक्सिजन रिफिलिङका लागि २६ हजा सहयोग गरेको हो । सहयोगी दाता गोरखा ग्रुपलाई तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले दाताहरुको सहयोग र उत्प्रेरणाले नै कोरोना आइसोलेसन अस्पताल संचालनको गतिले तीव्रता पाएको भन्दै धन्यवाद दिए ।
आर्थिक हस्तान्तरण कार्यक्रममा स्कुल व्यवस्थापन समितिका उपाध्यक्ष डोरबहादुर जीसी, गोरखा ग्रुपका एकाडेमिक डाइरेक्टर दुर्गाबहादुर केसी, प्रिन्सीपल विजय जीएम, सल्लाहकार विमल रिजाल, विज्ञान संयोजक विष्णु भण्डारी, व्यबस्थापन शंकाय संयोजक डम्बर डाँगी, बामदेव सापकोटा, दिलप्रसाद रोका लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्