Logo

मनाङ बाहेक प्रदेशका १० जिल्लाबाट कोरोनाले हालसम्म ५ सय ७७ जनाको ज्यान लियो

कास्कीमा ४ सहित गण्डकीमा थप ७ जना कोरोना संक्रमितको मृत्यु


कास्कीमा ४ सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । प्रदेशको राजधानी पोखराको विभिन्न अस्पतालमा उपचार गर्दै गरेका कोरोनाका बिरामीहरुको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको अध्यावधिकमा उल्लेख गरेको छ ।
मुत्यु हुनेहरुमा स्याङ्जाका २ र लमजुङका १ जना छन् । पोखरा २६ का २९ वर्षीय पुरुषको सोमबार पोखराको मेडिप्लस अस्पतालमा उपचार क्रममा मृत्यु भएको छ भने पोखरा १२ का ७८ वर्षीय पुरुषले बुधबार होम आइसोलेसनमै ज्यान गुमाए । कास्कीको माछापुच्छे«े ३ का ८५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा बुधबार नै मृत्यु भयो भने मणिपालमै स्याङ्जा वालिङ ९ का ४८ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको निर्देशनालयले उल्लेख गरेको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा–१ का ४१ वर्र्षीय पुरुष र वालिङ ८ की ६० वर्षीया महिलाले मंगलबार मृत्यु भएको प्रतिष्ठानका कोभिड उपचार केन्द्रका संयोजक डा. शरदचन्द्र बरालले बताए । लमजुङको मध्यनेपाल नगरपालिका ४ की ८५ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज, पोखरामा मंगलबार मृत्यु भएको छ ।
हालसम्म कास्कीमा कोरोनाले गर्दा २ सय ६८ जनाको मृत्यु भएको निर्देशनालयले जारी गरेको प्रेस विज्ञेप्तिमा जनाइएको छ । यो संख्या अन्य प्रदेशका अन्य जिल्लाको तुलनामा अध्याधिक धेरै हो । त्यसैगरी कोरोनाबाट मुस्ताङमा ६, लमजुङमा १२, म्याग्दीमा २३, गोरखामा २५, तनुहँमा ५८ जना, बागलुङमा ३१, पर्वतमा ३५, स्याङजामा ८१, नवलपरासी पूर्र्वमा ३८ जनाको मृत्यु भएको छ भने हिमालपारीको जिल्ला मनाङमा भने हालसम्म एक जनाको पनि मृत्यु भएको छैन ।
प्रदेशमा हालसम्म कोरोनाले ५ सय ७७ जनाको ज्यान गएको छ । प्रदेशमा हाल १० जहार ७ सय ३९ जना कोरोनाका शक्रिय केस छन् भने ३७ हजार ९ सय ५४ जनामा संक्रमण देखा परे पनि २६ हजार ६ सय ३८ जना निको भएको छ । पछिल्लो चौविस घण्टामा २ हजार २ सउय २३ जनाको कोरोना परीक्षण गर्दा १ हजार ७९ जनामा कोरोना संक्रमण देखा परेको निर्देशनालयले जनाएको छ । होम आइसोलेसनमा हाल १० हजार ३ सय १२ जना छन् ।

प्रतिक्रिया दिनुहोस्