चीनले १० लाख डोज खोप अनुदानमा दिने «

चीनले १० लाख डोज खोप अनुदानमा दिने

चिनियाँ राष्ट्रपति सी जिनफिङले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेका छन् । बुधबार बिहान नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोनमा कुराकानीका क्रममा राष्ट्रपति जिनपिङले यस्तो घोषणा गरेका हुन् ।
नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढेको भन्दै यसलाई नियन्त्रणमा लिन खोप प्रभावकारी भएकाले नेपाललाई सहयोग गर्न राष्ट्रपति भण्डारीले आग्रह गरेकी थिइन् । यसपछि चीनले अनुदानमा १० लाख डोज भ्याक्सिन उपलब्ध गराउने घोषणा गरेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् ।
‘नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज कोभिड भ्याक्सिन उपलब्ध गराउने घोषणा गर्नुभएको छ,’ राजदूत यान्छीको ट्विटमा उल्लेख छ । यसअघि पनि चीनले नेपाललाई ८ लाख डोज कोभिड भ्याक्सिन अनुदानमा उपलब्ध गराएको थियो। चीनले विभिन्न स्वास्थ्य सामग्री समेत नेपाललाई उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्