कामना सेवा विकास बैंक र रिलायबल लाइफ इन्स्योरेन्सबीच सम्झौता «

कामना सेवा विकास बैंक र रिलायबल लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं-ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा बैंकान्स्योरेन्ससम्बन्धी सेवा आदान–प्रदान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरू लावान्वित हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुखकार्यकारी अधिकृत प्रवीण बस्नेत र रिलायबल लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौतापश्चातकामना सेवाविकास बैंकका सम्पूर्ण ग्राहकहरूले बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट रिलायबल लाइफ इन्स्योरेन्सको बिमालेख खरिद गर्न सक्ने बेहोरासमेत बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्