रसुवामा जनता बैंकको ३ दिने बृहत् निःशुल्क स्वास्थ्य «

रसुवामा जनता बैंकको ३ दिने बृहत् निःशुल्क स्वास्थ्य

 जनता बैंक नेपाल लिमिटेडको आयोजनामा रसुवाको दुई स्थानमा ३ दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न भएको बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामीण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोगसम्बन्धी र आँखा उपचारका लागि निःशुल्क स्वास्थ्य शिविरहरू संचालन गर्ने क्रममा रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा स्त्री तथा प्रसूति रोग, छालासम्बन्धी रोग र सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो भने आँखा परीक्षण तथा मोतीबिन्दुको शल्यक्रिया पनि गरिएको बैंकले बतायो । त्यस्तै रसुवा जिल्लाकै कालिका गाँउपालिकामा पनि स्त्रीतथा प्रसूति रोग, छालासम्बन्धी रोग र सामान्य स्वास्थ्य परीक्षण गरिएको र उक्त क्षेत्रका विपन्न जनताहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको बैंकले जनायो ।

प्रतिक्रिया दिनुहोस्