प्रधानन्यायाधीश पराजुली न्यायालयको नेतृत्व गर्न अयोग्य : डा. केसी «

प्रधानन्यायाधीश पराजुली न्यायालयको नेतृत्व गर्न अयोग्य : डा. केसी

डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य नभएको बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, “निज पराजुलीको आधारभूत योग्यता र नैतिकतामाथि यस्तो गम्भीर प्रश्न उठेको र त्यसमाथिको छानबिन न्यायिक प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा निज कुनै पनि अवस्थामा अब देशको सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य नभएको प्रष्टै छ ।”
उनले आफूले राखेको पराजुलीको राजीनामा बाहेकका मागमध्ये बाँकी बुँदा अहिलेसम्म सम्बोधन नभएको भन्दै ती माग पूरा नहोउन्जेल अनसन जारी राख्ने बताएका छन् । अदालतको अवहेलनासम्बन्धी मुद्दामा पक्राउ परेका केसी बुधबार रिहा भएका थिए । सो मुद्दामा सुनुवाइ गर्दै अदालतले केसीले लगाएको आरोपअनुसार प्रधानन्यायाधीश पराजुलीका शैक्षिक प्रमाणपत्र र नागरिकताका प्रमाणपत्रहरु छानविनका लागि झिकाउने आदेश गरेको थियो । केसीले सो आदेशको प्रशंशा गर्दै न्यायिक छानविनपश्चात सत्य र तथ्यगत रूपमा निर्णय हुने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्