Logo

कामधेनु दुग्ध विकास सहकारीले दुधजन्य सामग्री निःशुल्क प्रदान गर्ने

सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले आइसोलेसनलाई रहेका कोरोना संक्रमितहरुका लागि ३ महिनासम्म दूध तथा दूधजन्य पदार्थ निःशुल्क प्रदान गर्ने भएको छ ।
इटहरीमा उद्योग वाणिज्य संघको नेतृत्वमा मारवाडी सेवा समिति इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर, नेपाल प्रेस युनियन सुनसरी, नेपाल युवा उद्यम मञ्चको सहकार्यमा सञ्चालन हुन लागेको आइसोलेसनका लागि कामधेनुले दूध तथा दूधजन्य पदार्थ निःशुल्क दिने भएको हो ।
संस्थाका निमित्त व्यवस्थापन निर्देशक पर्शुराम कार्कीसहितको टोलीले कोभिड व्यवस्थापन समितिका सदस्य पवन अधिकारीसहितका पदाधिकारीसँग प्रतिवद्धता पत्रसहित सम्झौता गरेका छन् ।
निर्देशक कार्कीले सामाजिक उत्तरदायित्व अन्तर्गत आइसोलेसनलाई सहयोग गर्न पाउँदा आफूहरु अत्यन्तै खुसी रहेको जनाए । इटहरीमा रहेको तमोर डेरी उद्योगले पनि आइसोलेसनलाई पहिलो एक महिनाका लागि दूध तथा दूधजन्य पदार्थ निःशुल्क प्रदान गर्ने भएको छ । आइसोलेसन सञ्चालन तथा मुल व्यवस्थापन समिति संयोजक भीम पौडेलसँगउ क्त डेरी उद्योगका अध्यक्ष प्रदिप अधिकारीले सम्झौता गरेका छन् ।
यो आइसोलेसन ४० बेड अक्सिजनसहित पहिलो चरणमा ८० बेडमा सञ्चालन हुने तयारीमा छ । आइसोलेसन निर्माणको सम्पूर्ण तयारी सकिएको संयोजक पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्