जेनेस सोलुसनलाई ५.५ करोड लगानी प्राप्त
नेपालस्थित बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी जेनेस सोलुसनले बिजनेस अक्सिजन प्रालिबाट ५५ करोड बराबर रकम लगानी प्राप्त गरेको छ । बिजनेस अक्सिजन प्रालि वर्ल्ड बैंक ग्रुप अन्तर्गतको अन्तर्राष्ट्रिय वित्तीय निगमद्वारा सञ्चालित ग्लोबल एसएमई भेन्चर पहलको एक अंग हो ।
मुख्यगरी क्लाउड कन्सल्टेन्सी क्षेत्रमा अग्रणी स्थानमा रहेको जेनेस सोलुसनले उक्त रकम आफ्नो विभिन्न रणनीतिक उद्देश्यहरुको परिपूर्तिको लागि प्रयोग गर्ने बताइएको छ । यस्ता उद्देश्यहरुमा आफ्नो सेवा र उत्पादनको दायरा बिस्तार तथा व्यावसायिक सीपको स्तरोन्नति लगायत देशको समग्र डिजिटल क्षेत्रको रूपान्तरण पर्ने बताइएको छ ।
“बिजनेस अक्सिज प्रालिबाट प्राप्त वित्तीय लगानीलाई हामी दक्ष मानव संशाधन र पछिल्ला प्रविधिलाई अपनाई आफ्नो दैनिक कार्य सम्पादनलाई रुपान्तरण गर्न परिचालन गर्ने छौं” जेनेस सोलुसनको संस्थापक अन्जनी फुयालले भने, “यसले दीर्घकालिन रुपमा देशको सम्पूर्ण सूचना प्रविधि उद्योगलाई नयाँ उचाइमा पु¥याउन उत्प्रेरकको भूमिका खेल्ने छ ।”