लक्ष्मण बाबु ट्रष्टद्वारा स्वास्थ्य साम्रग्री प्रदान
लक्ष्मण बाबु मेमोरियल ट्रष्टले गोरखा र चितवनका ग्रामीण भेगका स्वास्थ्य केन्द्रलाई आठथान अक्सिजन कन्सन्ट्रेक्टर उपलब्ध गराएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्लाका ग्रामीण भेगमा सञ्चालित स्वास्थ्य सेवालाई यो सामग्री उपलब्ध गराइएको ट्रष्टले जनाएको छ ।
ट्रष्टले मनकामना हेल्थपोस्टलाई एक, घैरुङ अस्थायी कोभिड अस्पताललाई दुई, बुंगकोट हेल्थपोस्टलाई दुई, माई मनकामना सहकारी अस्पताललाई दुई, आइसोलेसन सेन्टर अफ इच्छाकामना ग्रामीण मेट्रोपोलिटनलाई दुई र मुग्लिन हाइवे अस्पताललाई एकथान उक्त सामा्री उपलब्ध गराइएको जनाएको छ ।