एनसेलका ग्राहकलाई आकर्षक सुविधा
एनसेल आजियाटा कम्पनीले ग्राहकका लागि थप आकर्षक सेवा सुविधाका साथै नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ । ग्राहकले अब वेबसाइटबाटै सजिलै भ्वाइस प्याक, डेटा प्याक खरिद, अनलाइन रिचार्ज लगायतका सेवाहरु लिन सक्छन् । यो नयाँ वेबसाइटलाई वेब एपको रुपमा स्मार्टफोनमा राखी उपलब्ध विविध सुविधाहरुको फाइदा लिन सकिने एनसेलले जनाएको छ ।
ग्राहक सेवालाई अझै परिस्कृत गर्दै लाने उद्देश्यले सञ्चालनमा ल्याइएको नयाँ वेबसाइट एनसेलको डिजिटल अभियानअन्तर्गतको एक कार्य रहेको कम्पनीले जनाएको छ । यसै अन्तर्गत एनसेलले विविध सेवा सुविधासहितको सेल्फ केयर एपएनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याइसकेको छ ।
नयाँ वेबसाइटबाट प्याक खरिद गर्नेे ग्राहकले १०० प्रतिशतसम्म थप भोल्यूमसहितका आकर्षक अफरहरु पनि रहेको बताइएको छ । कोरोना महामारीकाबीच ग्राहकले घरबाटै आफ्नो आवश्यकताअनुसारका सेवा वेबसाइट मार्फत खरिद गर्न सक्ने एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विषेशअफर अन्तर्गत ग्राहकले वेबसाइटमार्फत प्याकको खरिदमा १५० एमबीदेखि २ जीबीसम्मबोनस डेटाको फाइदा लिन सक्छन् । बोनस १ दिनको प्याक १८ रुपैयाँ, ७ दिनको प्याक ९८ रुपैयाँ, १४ दिनको प्याक १३९रुपैयाँ लागु रहेको छ भने ट्रिपल मजाअन्तर्गत ७ दिनको प्याक १०९ रुपैयाँ, १० दिनको प्याक १४७ रुपैयाँ र ३० दिनको प्याक ४५९रुपैयाँमा थप ०.५ जीबीदेखि ०.७५ जीबीसम्मबोनस डेटाको योजना रहेको बताइएको छ । त्यसैगरी ग्राहकले केही प्याकहरुमा डबल डेटा पाउँछन् र अलवेज अन डेटा प्याक खरिद गर्दा तीन गुणा बढी डेटा पाउछन् ।