Logo

सातामा तीन दिन बजार खोल्दा जोखिम बढ्ने चिन्ता

डडेल्धुरामा साताको तीन दिन मात्र अत्यावश्यक सामग्री बिक्री गर्न पाइने भएपछि जिल्लामा झन् भीडभाड बढेको छ ।
साताको आइतबार, मंगलबार र बिहीबार बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खाद्यान्न पसल सञ्चालन गर्न पाइने भएपछि सो समयमा सर्वसाधारणको भीड बढेको हो ।
जिल्लामा कोरोना संक्रमण र मृत्युदर बढ्दै गएपछि गत वैशाख १९ गतेदेखि २५ गतेसम्म लकडाउन सुरु गरिएको थियो । त्यसपछि फेरि कोरोनाको अवस्था अझ बढ्दै गएपछि वैशाख २५ गतेदेखि जेठ ४ र जेठ ४ देखि जेठ १५ गतेसम्म लकडाउन थप भएको छ ।
त्यस समयमा जिल्लाका बजारमा अतिआवश्यक दैनिक उपभोग्य सामान खरिद तथा बिक्री गर्नका लागि सातामा ३ दिन बिहान ७ बजेदेखि १० बजेसम्म पसल खोल्न दिने निर्णय भएको थियो ।
बैठकले दैनिक बिहान मानिस सामान किन्ने बहानामा बजारमा आउने र भीडभाड धेरै हुँदा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार ७ देखि ८ बजेसम्म मात्र अतिआश्ययक वस्तुका लागि पसल सञ्चालन गर्न दिन निर्णय गरेको थियो । जसले गर्दा बजारमा सातामा तीन दिन मानिसको अत्यधिक भीड बढ्न थालेको छ ।

बजारमा किनमेल गर्ने बहानामा मानिसको भीडभाडले कोरोनाको जोखिम उच्च रहेको स्थानीयको भनाइ छ । खाद्यान्न र किरानाका पसलमा किनमेल गर्न आउनेले भौतिक दूरीसमेत पालना गरेको देखिँदैन । बजारमा फुटपाथमा हुने व्यापारले झन् मानिसको भीडभाड हुने गरेको उद्योग वाणिज्य संघ डडेल्धुराका द्वितीय उपाध्यक्ष दिपक महतले बताए ।

प्रतिक्रिया दिनुहोस्