नेको इन्स्योरेन्सद्वारा लाभांश घोषणा
नेको इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट सेयरधनीलाई १५.५ प्रतिशत बोनस सेयर तथा ०.८२ प्रतिशत नगद लाभांशको घोषणा गरेको हो । घोषणा गरिएको उक्त लाभांश बिमा समितिको स्वीकृति तथा साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।