प्रभु बैंकको ४ अर्बको डिबेन्चर बिक्री आजदेखि खुल्ला «

प्रभु बैंकको ४ अर्बको डिबेन्चर बिक्री आजदेखि खुल्ला

प्रभु बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब रुपैयाँ बराबरको १० वर्षे ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ नामक ऋणपत्र जेठ ११ गतेदेखि निष्काशन गर्ने भएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित मूल्यको ४० लाख इकाइ डिबेञ्चरले हुन आउने कुल रकम ४ अर्ब मध्ये १६ लाख इकाइ अर्थात् १ अर्ब ६० करोड ऋणपुँजी रकम ५ प्रतिशत अर्थात् ८० हजार इकाइ सामुहिक लगानी कोषका लागि छुट्टयाइएको छ । २४ लाख इकाइ अर्थात् २ अर्ब ४ं० करोड ऋण पुँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट किन्न पाउने छन् ।
सो ऋणपत्र खरिदका लागि छिटोमा जेठ १६ गतेसम्म आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेष्ठ २६ गतेसम्म लम्बिने बैंकले जानकारी दिएको छ ।
लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक श्री मेगा क्यापिटल मार्केट्स रहेको छ ।

प्रतिक्रिया दिनुहोस्