Logo

इजी ट्याक्सीद्वारा राहत कार्यक्रम घोषणा

राइड सेयरिङ कम्पनीइजी ट्याक्सी नेपालले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका स्वरोजगार व्यवसायी तथा ट्याक्सी चालक मजदुरका परिवारलाई निःशुल्क शिक्षा सामग्री तथा राहत कार्यक्रमको घोषणा गरेको छ ।
दोस्रो एम्बुलेन्सको रुपमा काम गरिरहेका उपत्यकामा सञ्चालनमा रहेका ट्याक्सीहरुको व्यवसाय व्यवस्थित र मर्यादित तथा समयसापेक्ष सञ्चालन गर्नका लागि सक्रिय रहेको यस इजि ट्याक्सीले कोरोनाको महामारी जारी रहेको अवस्थामा राहतका कार्यक्रम ल्याएको जनाएको छ ।
कोरोनाको महामारीले ट्याक्सी व्यवसाय धरासायी भएको अवस्थामा केही मजदुरले जोखिममा काम गर्दा संक्रमित भएर मृत्यसमेत भएको कम्पनीले जनाएको छ । मृतकका बालबालिकाको शिक्षाका लागि राहत सामग्री वितरण गरेको पनि कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्