Logo

गाउँमै चिया उद्योग स्थापनाले राहात

गाउँमै चिया प्रशोधन केन्द्र स्थापना भएपछि तेह«थुमका किसानलाई राहत भएको छ । प्रशेधन केन्द्र स्थापना नहुँदा यसअघि किसानेल आफूले उत्पादन गरेको चियाको हरियो पत्ति बिक्रीका लागि धनुकटा पुग्नुपर्ने बाध्यता थियो ।
परम्परागत खेतीको विकल्प खोज्दै चिया खेतीमा लागेका किसानले हरियो पत्ति बिक्रीका लागि धेरै समस्या भोगेका थिए । लालिगुराँस नगरपालिकाका किसानलाई आफ्नो बारीमा उत्पादन भएको चियाको हरियो पत्ति बिक्रीका लािग कुनै समस्या छैन । किसानको सकृयतामा गाउँमै चिया प्रशोधन उद्योग स्थापना भएपछि साना किसानलाई पनि हरियो पत्ति बिक्री गर्न सहज भएको छ ।
गाउँमै उद्योग स्थापना भएपछि गुणस्तरीय चिया उत्पादन भएको उद्योग सञ्चालक वीरबहादुर बस्नेतले बताए । खेतीयोग्य जमिन मासेर यहाँका किसानहरु चिया खेती गर्दै आएका छन् । उद्योग स्थापना भएसँगै चियापत्ति बिक्रीमा समस्या नभएको स्थानीय विष्णुमाया सुबेदी बताउँछिन् ।
उन्नति परियोजना र सिंहदेवी चिया सहकारी संस्थाको साझेदारीमा २ करोड लगानीमा उद्योग स्थापना गरीएको सहकारी संस्थाकाअध्यक्ष टेकबहादुर केप्छाकी मगरको भनाइ छ । उत्पादन भएको चिया नेपालका विभिन्न क्षेत्र, भारत तथा तेश्रो मुलुकमा बिक्री हुँदै आएको छ । यहाँ तयार भएको चिया ७ सयदेखि १ हजार रूपैयाँसम्म बिक्री हुँदै आएको छ । त्यस्तै हरियो चियापत्ती ६५ रुपैयाँदेखि ५ सय रूपैयाँसम्म उद्योगले खरिद गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्