१० वर्षमा ४० हजार मेगावाटको लक्ष्य

‘१० वर्षमा ४० हजार मेगावाट’ विद्युत् उत्पादनको मुख्य लक्ष्य राखेर आगामी माघमा नेपाल पावर इन्भेष्टमेन्ट समिट २०१८ हुने भएको छ । आगामी माघ १३ देखि १५ सम्म (जनवरी २७–२९) मा ऊर्जा विकास परिषद् (ईडीसी) को आयोजनामा पावर समिट हुन लागेको हो । १० वर्षमा ४० हजार मेगावाट जलविद्युत् आयोजनाको मुख्य लक्ष्यसहित विश्वका प्रतिष्ठित कम्पनीहरू र लगानीकर्ताहरूको संलग्नतामा पावर इन्भेष्टमेन्ट समिट आयोजना गर्न लागेको परिषदका अध्यक्ष सुजीत आचार्यले जानकारी दिए । “आयोजनाहरूको लागि आवश्यक लगानी जुटाउने गरी समिटमा ५ अर्बदेखि २० खर्बसम्मको प्रतिवद्धता आउने लक्ष्य छ,” उनले भने, “१० वर्षमा ४० हजार मेगावाट विद्युत् निर्माण गर्न सकिन्छ, त्यसको लागि लगानी जुटाउन सकिन्छ ।” उनका अनुसार नेपालमा लगानीका लागि योग्य आयोजनाका प्रवद्र्धक र नेपालमा लगानी गर्न चाहाने विदेशी लगानीकर्ताबीच प्रत्यक्ष साक्षात्कार हुने समिटमा यसबारे विस्तृत रूपमा छलफल तथा लगानी जुटाउने योजनाबारे समेत कार्यक्रम हुनेछ । ‘१० वर्षमा ४० हजार मेगावाट’ विद्युत् उत्पादनको मुख्य लक्ष्य राखेर आगामी माघमा नेपाल पावर इन्भेष्टमेन्ट समिट २०१८ हुने भएको छ । आगामी माघ १३ देखि १५ सम्म (जनवरी २७–२९) मा ऊर्जा विकास परिषद् (ईडीसी) को आयोजनामा पावर समिट हुन लागेको हो । १० वर्षमा ४० हजार मेगावाट जलविद्युत् आयोजनाको मुख्य लक्ष्यसहित विश्वका प्रतिष्ठित कम्पनीहरू र लगानीकर्ताहरूको संलग्नतामा पावर इन्भेष्टमेन्ट समिट आयोजना गर्न लागेको परिषदका अध्यक्ष सुजीत आचार्यले जानकारी दिए । “आयोजनाहरूको लागि आवश्यक लगानी जुटाउने गरी समिटमा ५ अर्बदेखि २० खर्बसम्मको प्रतिवद्धता आउने लक्ष्य छ,” उनले भने, “१० वर्षमा ४० हजार मेगावाट विद्युत् निर्माण गर्न सकिन्छ, त्यसको लागि लगानी जुटाउन सकिन्छ ।” उनका अनुसार नेपालमा लगानीका लागि योग्य आयोजनाका प्रवद्र्धक र नेपालमा लगानी गर्न चाहाने विदेशी लगानीकर्ताबीच प्रत्यक्ष साक्षात्कार हुने समिटमा यसबारे विस्तृत रूपमा छलफल तथा लगानी जुटाउने योजनाबारे समेत कार्यक्रम हुनेछ । विश्वका प्रतिष्ठित कम्पनीका लगानीकर्तासहित ५ सय कम्पनी सहभागी हुने समिटमा सरकार, निजी क्षेत्र र विकास साझेदारसमेत सहभागी हुनेछन् । अन्तर्राष्ट्रियस्तरका तालिमहरू समेत हुने समिटमा इन्टरनेसनल सेन्टर फर हाइड्रोपावर नर्वे, विश्वकै दोस्रो ठूलो कम्पनी नारी स्टेट ग्रिड अफ चाइनालगायत सहभागी हुन लागेका छन् । यसैगरी समिटमा विश्वकै प्रतिष्ठित ऊर्जा विज्ञ र अनुसन्धानदाता समेत सहभागी हुन लागेको परिषद्ले जनाएको छ । परिषद्ले नेपाल जलविद्युत् लगानीका लागि उपयुक्त थलो भएको बताउँदै शून्य प्रतिशत आयकर, शतप्रतिशत लगानी फिर्ता र फाइदा, डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) लगायतका सुविधा रहेको जनाएको छ । २५ प्रतिशत प्रतिफल पाउने र विद्युत् खरिद दर (पीपीए)मा समेत विश्वकै सवैभन्दा बढी रहेको नेपालमा केही चुनौती भए पनि लगानीका लागि उपयुक्त क्षेत्र भएको बताउँदै परिषद् अध्यक्ष आचार्यले आफूले ८० खर्ब लगानी नेपालमा जुटाउन सक्ने दाबी गरे ।यसअघि परिषदले सन् २०१६ मा समेत पावर समिटको आयोजना गरेको थियो । पहिलाको समिट विदेशी लगानीकर्ताहरूलाई स्वागतमा सीमित भएको र अव हुने समिट वास्तविक लगानी जुटाउनका लागि केन्द्रित हुने तथा भविष्यमा लगानीकर्ता देशहरूमा गएर समिट गर्ने लक्ष्य राखेको अध्यक्ष आचार्यले जानकारी दिए ।