ग्यापुको जि–क्यास अफर

अनलाइन सपिङ साइट ग्यापुले आफ्नो एप एक लाख पटक डाउनलोड गरिएको अवसरमा ग्राहकहरुका ‘रिफर एण्ड अर्न’ अफरको सुरुवात गरेको छ ।
यस अफर अन्तर्गत ग्राहकहरुले अनलिमिटेड जि–क्यास संकलन गरेर सामानहरु खरिद गर्दा थुप्रै रिवार्ड र छुट प्राप्त हुने ग्यापुले जनाएको छ । जि–क्यास कमाउनको लागि ग्राहकले ग्यापु एप आफ्ना साथीहरुलाई रिफर गर्नुपर्ने हुन्छ । रिफर एसेप्ट गरेको ग्राहकले पनि ग्यापु एपको लिंक अरुलाई रिफर गरेवापत आफ्नो पहिलो खरिदमा छुट साथै विभिन्न रिर्वाडहरु पाउन सक्ने कम्पनीले जनाएको छ ।
ग्यापु एपमा दर्ता भएका जो सुकै ग्राहकले पनि यो अफरमा सहभागी हुन पाउनेछन् । त्यसका लागि ग्यापु एप डाउनलोड गरेर आफ्नो नाम रजिस्टर गरेपछि त्यसलाई भेरिफाई गर्न सकिने कम्पनीको भनाइ छ ।
ग्यापु एप डाउनलोड गर्ने वित्तिकै ग्राहकले आफ्नो खातामा ५० रूपैयाँको जि–क्यास प्राप्त गर्न सक्नेछन् भने मोबाइल भेरिफाइ गरिसके पछि थप ५० रूपैयाँ पनि प्राप्त गर्नेछ । हरेक ग्राहकले यसरी आफूले ग्यापु मोबाइल एप डाउनलोड गर्दा एक सय रूपैयाँ बोनस प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी प्रत्येक रिफरमा ग्राहकले हरेक पटक थप ५० रूपैयाँ प्राप्त गर्नेछ । जति धेरै रिफर गर्न सक्यो त्यति नै धेरै जि–क्यास प्राप्त हुनेछ । ग्यापु रिफर लिंक ह्वाट्एप, मेसेन्जर, भाइबर लगायत सामाजिक सञ्जालमार्फत सेयर गर्न सकिनेछ ।