प्रभु सेलेक्ट फण्ड २ गुणाले ओभर सब्सक्राइब «

प्रभु सेलेक्ट फण्ड २ गुणाले ओभर सब्सक्राइब

जेष्ठ ५ गतेबाट सार्वजनिक निष्काशन भएको प्रभु सेलेक्ट फण्डको निष्कासन आइतबार बन्द भएको छ । आवेदन दिने चौथो तथा अन्तिम दिनमा यो फण्ड करिब २ गुणाले ओभर सब्सक्राइब भएको छ । १० करोड इकाईको माग गरिएकोमा चौथो तथा अन्तिम दिनसम्म १९ करोड ७८ लाख ५८ हजार २ सय ८० इकाइका लागि आवेदन परेको कम्पनीले जनाएको छ । ८५ हजार ५ सय ५४ जना सर्वसाधारण लगानीकर्ताबाट १ अर्ब ८२ करोड ८५ लाख ८२ हजार ८ सय रकम बराबरको १८ करोड २८ लाख ५८ हजार २ सय ८० इकाई खरिदका लागि आवेदन परेको हो ।
प्रभु क्यापिटलले जेठ ५ गतेदेखि प्रतिइकाई १० रूपैयाँ अंकित दरमा एक अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।
यो फण्डले १५ प्रतिशत इकाइमध्ये कोष प्रवद्र्धक प्रभु बैंकलाई १४ करोड रूपैयाँ लगानीवापत एक करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटललाई एक करोड रूपैयाँ लगानीवापत १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्