Logo

बाँध मर्मत सुरू भएपछि स्थानीय खुशी

निर्माणाधीन प’ल दमौली, ९ जेठ : गण्डकी प्रदेशको तनह’: घिरिङ गाउँपालिका र ल’म्बिनी प्रदेशको पाल्पा रामप’र जोडन कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की प’ल । प’लरु २७ करोड लागतमा निर्माण भइरहेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस

रौतहट जिल्लास्थित वाग्मती र लालबकैया नदीमा बाँध मर्मत गर्ने काम सुरू गरिएको छ । प्रत्येक वर्ष वर्षायाममा ती नदीमा बाढी आएर रौतहट जिल्लामा व्यापक क्षति पुर्याउने गरेपछि क्षतिलाई रोक्न बाँध मर्मत गर्ने काम थालिएको हो ।
बाग्मती–लालबकैया नदी नियन्त्रणको कार्यालय परवानीपुरका अनुसार अर्थमन्त्रालयले बाँध मर्मतसम्भार गर्न रकम निकासा नगरे पनि सोको काम सुरू गरिएको छ । अहिले भत्किएको ठाउँमा माटो भर्ने र ढुङ्गा, जाली राख्ने काम भइरहेको कार्यालयका प्रमुख अकलाख अहमद सिद्धिकीले बताए ।
सो कार्यअन्तर्गत वाग्मती नदीको देब्रेतर्फ चार ठाउँमा र दायाँतिर १० ठाउँमा तथा लालबकैया नदीको देब्रेतर्फ सात र दायाँतर्फ आठ स्थानमा मर्मतसम्भार भइरहेको बताइएको छ । बाँध मर्मतसम्भार गर्न अर्थ मन्त्रालयले दुई करोड रूपैयाँ दिने भनिएकाले धमाधम बाँध मर्मत सुरू गरिएको बताइएको छ । प्रत्येक वर्ष वर्षा र बाढीले सो बाँध भत्किने गरेकाले उक्त भत्किएको ठाउँमा पूर्णरूपमा काम गर्न ४१ करोड ३४ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
करिब ३४ किलोमिटर लम्बाइ रहेको सो बाँध सन् १९८९ मा भारत सरकारले निर्माण गरेको हो । यही बाँध ठाउँठाउँमा भत्किँदा पानी पसेर गाउँमा डुबान हुने गरेको छ । गत जेठमा नदी नियन्त्रण कार्यालयले ५० स्थानमा मर्मत गरेको थियो । पछि फेरि बाढीले २९ स्थानमा सो बाँध भत्किएको थियो । पानी पसेर रौतहट जिल्लाको गङ्गापिप्रा, राजदेवी, इशनाथ नगरपालिकालगायत धेरैजसो गाउँ डुबानमा परेका थिए ।
यता लालबकैया नदीले इशनाथलगायत उत्तरी भेगका गाउँ र वाग्मतीले गौर, दुर्गाभगवती गाउँपालिका, राजदेवी नगरपालिकालगायत स्थानमा सबैभन्दा बढी क्षति पु¥याउँदै आएको छ । बाग्मतीदेखि पश्चिमको धरमपुरबाट सीमा क्षेत्रको १७ किलोमिटर बाँध समस्याग्रस्त रहेको छ । वि सं २०५० मा सो नदीमा बाढी आएपछि रौतहटवासी डुबानमा परी धनजनको क्षति भएको थियो । सरकारले वर्षाअगावै भत्केका बाँध मर्मतसम्भार गर्नुपर्ने माग सो क्षेत्रका बासिन्दाको रहेको छ ।

अघिल्लो वर्ष लालबकैया नदीको सीमा क्षेत्र टिकुलियामा भत्किएको बाँध भारतीय पक्षले मर्मतसम्भार गर्न दिएको थिएन । ढिलै भए पनि सो नदीमा भत्किएको बाँध मर्मतसम्भार हुन थालेपछि त्यस भेगका जनताले वर्षायाममा आफूहरू सुरक्षित रहने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्