Logo

जावलाखेल गुप अफ इन्डष्ट्रिजको दुई करोड सहयोग

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले पछिल्लो दुई हप्तामा दुई करोड रुपैयाँको अनुदान सहयोग गरेको जनाएको छ । कोरोना महामारीविरुद्ध लड्न सहयोग गरेको कम्पनीले जनाएको छ ।
सामुदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानीय सामुदायिक संस्थाको अग्रसरतामा कोरोना प्रभावित लक्षित समूहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आईसीयूलगायत अन्य स्वास्थ्य सामग्री खरिदको लागि दुई करोडको प्रत्यक्ष अनुदान प्रदान गरेको जनाएको छ ।
कम्पनीले अक्सिजन प्लान्ट र आईसीयू विस्तारका लागि धुलिखेल अस्पताललाई एक करोड ३५ लाख, विभिन्न प्रदेशहरुमा सामुदायिक समूहको प्रयासको लागि ७५ लाख रूपैयाँ सहयोग गरेको जनाएको छ । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका अध्यक्ष विजयकुमार शाहले समुदायलाई आवश्यक परेको बेला सहयोग गर्नु मानव धर्म रहेको बताए ।
जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशिन जोशीले अहिलेको यो कठिन समयमा एक सच्चा कर्पोरेट नागरिकको हैसियतले व्यापारिक घरानाहरुले कुनै पनि अपेक्षा नराखी स्वच्छ रुपले सहयोगी भाव विकास गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्