नारायणी डेभलपमेण्ट बैंकद्वारा कोरोना संक्रमितलाई सहयोग
चितवन रत्ननगर स्थित केन्द्रीय कार्यालय रहेको नारायणी डेभलपमेन्ट बैंकले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका कोरोना संक्रमितहरुलाई औषधि लगायतका सामग्री सहयोग गरेको छ ।
देशका विभिन्न स्थानबाट उपचार गर्न आएका तथा कोभिड संक्रमितहरु देशभरी जारी निषेधाज्ञाका कारण उपचारमा प्रयोग हुने औषधिसमेत किन्न समस्या भएका बिरामीहरुलाई लक्षित गरी उक्त सहयोग गरिएको बैंक स्रोतले जनाएको छ ।
त्यस्ता कोरोना प्रभावित बिरामीहरुलाई अस्पताल फार्मेसीबाटै औषधिलगायतका सामग्री निःशुल्क वितरण गर्ने व्यवस्था मिलाई अस्पताल प्रशासनको माध्यमद्वारा नै उक्त सहयोग प्रदान गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।