सूर्या लाइफको सञ्चालकमा झा नियुक्त «

सूर्या लाइफको सञ्चालकमा झा नियुक्त

बिमक विवेक झा सूर्या लाइफ इन्स्योरेन्सको सञ्चाकमा नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकबाट झा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका हुन् ।
झा संस्थापक सेयरधनीको प्रतिनीधित्व गर्दै कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् । उनी कम्पनीको संस्थापक सेयरधनी भि.जे इन्भेष्टमेन्ट कम्पनीको तर्फबाट सञ्चालक बनेका हुन् । यसअघि नेपाल लाइफ इनस्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहेको झा चाटर्ड एकाउन्टेन हुन् । आफ्नो चाहना अनुसार नै सूर्या लाइफ इन्स्योरेन्सको बोर्डमा गएको झा बताउँछन् ।
नेपालको बिमाको अवस्थालाई नयाँ ‘डाइरेक्सन’ दिन आवश्यक रहेको र अब नीतिगत तहमा गएर नयाँपन ल्याउनसक्ने हो भने बिमा क्षेत्रमा यसले नयाँ फड्को मार्ने विश्वास रहेको उनले बताए । बिमा प्रोडक्टको किसिम मूल्यजस्ता कुराहरुमा आज बिमकलाई भ्यालु क्रिएसन होस् भन्ने हिसाबले लाग्ने योजना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्