Logo

आयुर्वेद चिकित्सालय नरदेवीमा आइसोलेसन

आयुर्वेद चिकित्सालय नरदेवीमा ५० शैय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।
काठमाडौं महानगरपालिकाको सहयोगमा आयुर्वेद चिकित्सालय नरदेवीमा कोभिड–१९ का बिरामीलाई उपचार गर्नका लागि ५० शैय्याको आइसोलेसन स्थापना गरिएको हो । आइसोलेसन शनिबारदेखि सञ्चालनमा आएको निर्देशक डा. प्रदीप केसीले जानकारी दिए । आइसोलेसनमा कोभिड–१९ संक्रमित बिरामीका लागि आधुनिका चिकित्सा सँगसँगै आयुर्वेदिक जीवनशैली, योग, श्वासप्रश्वास एक्सरसाइज र विभिन्न मनोसामाजिक परामर्शसहित उपाचार गरिने पनि डा. केसीले बताए । उनले भने, “आधुनिक चिकित्सा सँगसँगै आयुर्वेदको जीवनशैली योग, प्रणायम, श्वासप्रश्वास एक्सरसाइज, विभिन्न थेरापी र बिरामीलाई मनोवैज्ञानिक परामर्श, श्रव्यदृश्य सामग्रीमार्फत् बिरामीलाई हाइफ्लो अक्सिजनसम्मको उपचारका लागि तयारी अवस्थामा छौँ ।” आइसोलेसनमा ५० शैय्यामध्ये २५ शैय्यामा भने एचडीयु बेड र हाइफ्लो अक्सिजनको समेत सुविधा भएको निर्देशक केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्