Logo

स्कटिश फिल्म मेकरबाट माष्टर क्लास सम्पन्न

स्कटिश फिल्म तथा डकुमेन्ट्री मेकर युलिया कोभानोभले माष्टर क्लास दिएकी छिन् । नेपाली चलचित्रसँग सम्बन्धित व्यक्तिहरूलाई आफ्नो अनुभव बाढेकी छिन् । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेष्टिभल (निफ) २०२१ को पोष्ट इभेन्टको भएको यस कार्यक्रममा उनले वातावरणसम्बन्धी वृत्तचित्र निर्माण अनुभव सेयर गरेकी छिन् ।
नेपाल अन्तर्राष्ट्रिय फिल्म फेष्टिभल र ब्रिटिस काउन्सिलले संयुक्त रूपमा आयोजाना गरेको उक्त कार्यक्रमा मानव र प्रकृतिबीचको जटिल सम्बन्धमाथिका प्रयोगात्मक वृत्तचित्रमाथि उनले व्याख्या गरेकी छिन् ।
माष्टर क्लासमा निफ २०२१ मा सहभागी भएका वातावरणसम्बन्धी चलचित्रहरूका बारेमा पनि उनले समीक्षा गरेकी थिइन् । निफको वृत्तचित्र विधाको जुरी मेम्बर पनि रहेकी युलियाले वातारणीय परिर्वतन र त्यसले पारेको प्रभावको बनेका वृत्तचित्रहरूको विशेषतामाथि प्रकाश पारिन् ।

त्यस्तै प्रयोगात्मक वृत्तचित्र निर्माण गर्ने युलिायाले पनि आफ्ना उत्कृष्ट डकुमेन्ट्री फिल्मको बारेमा पनि चर्चा गरिन् । विशेष गरेर आफ्ना वृत्तचित्रहरूको विषयवस्तु छनौट र निर्माण अनुभवको आधारमा कसरी मानवीय अप्राकृतिक व्यवहारले वातावरणमा पारेको गम्भीर प्रभाव पारेको छ ? भन्ने खोज गरेको उनले बताइन् । साथै उनले वातावरणमा परेको नकारात्मक प्रभावका कारण प्रकृति र मानव जीवनमा परेको नकारात्मक असरको उल्लेख गर्दै वातावरण डकुमेन्ट्रि फिल्मले वातावरण प्रदूषणको कार्यलाई कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वस्त गराइन् ।

बाफ्टा स्कटल्याण्ड र बेलायतको सर्वश्रेष्ठ लघु फिल्ममा नामांकन प्राप्त उनको प्रयोगात्मक वृत्तचित्र चलचित्र ‘प्लास्टिक म्यान’ को बिषयवस्तु माथि चर्चा गर्दै स्कटल्याण्ड एक पयार्वरण प्रेमीले प्लाष्टिकको विरुद्ध चलाएको अभियान प्रतिकात्मक रूपमा प्रस्तुत गरेको बताइन् ।

फिल्म युनिभरसिटी अफ इडनवर्गकी प्राफेसर पनि रहेकी युलियाले विश्वका उत्कृष्ट वातावरण डकुमेन्ट्रीहरूको चर्चा गर्दै तिनीहरूको विशेषतामाथि प्रकास पारिन् । मानवजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पर्यावरणप्रति मानिसहरूको गैरजिम्मेवारीपुणर् व्यवहारले पारेको नकारात्मक प्रभावका विषयमा निर्माण भएका चलचित्रले प्राकृतिक जीवनचत्रमा कसरी असर पारिरेहको छ ? भन्ने प्रश्नको उत्तर खोजेको कुरा उनले बताइन् ।

युलिया कोवानोभा साइबेरियामा जन्मेर स्कटल्याडलाई कार्यक्षेत्र बनाएकी कलाकार, फिल्म निर्माता, फिल्म क्युरेटर र शिक्षक हुन् । वातावरणसम्बन्धी विषयमा अनुसन्धानमा आधारित भएर दृश्यको माध्यमबाट प्रयोगात्मक र रचनात्मक सन्देश प्रवाह गर्न सकिने र त्यसले मानव विचारमा गहिरो प्रभाव पार्ने उनको धारण थियो ।

जुम प्रविधिमा भएको उक्त माष्टर क्लासमा चलचित्र, पत्रकारितालगायत समाजका विभिन्न समुदायका गरि ३० जना सहभागीलाई प्रशिक्षक युलियाले कसरी प्रभावकरी रूपमा वृत्तचित्र निर्माण गर्न सकिन्छ भनेर विस्तृत रूपमा प्रशिक्षण दिएकी थिइन् । वातारणिय प्रभावका विभिन्न आयाम र ति माथि वृत्तचित्र निर्माणका बारेमा उनले चर्चा गरिन् । सहभागीहरूको जिज्ञासाहरूको समाधान गर्दै यस विषयमा व्यापक र गम्भीर छलफल हुनुपर्छ भन्दै उनले पर्यावरण प्रदूषण माथिका श्रव्यदृश्यहरूले मानवता र समग्र प्रकृतिकै पक्षमा आवाज उठाउने हुदाँ यो सबैभन्दा उत्कृष्ठ कार्य भएको बताइन् ।

मौसम परिवर्तन र यसले जैविक विविधतामा पारिरहेको प्रभावको वर्तमान वास्तविक चिन्तालाई श्रव्यदृश्यको माध्यमबाट व्यक्त गरेर मानवले सिर्जना गरेको संकटबाट मानवलगायत सबै र प्रकृतिलाई मुक्त गर्न सकिने कुरा उल्लेख गर्दै सहभागीहरूलाई यस्ता सामग्री निर्माण गर्न उनले आह्वान गरिन् ।

प्रतिक्रिया दिनुहोस्