Logo

वल्र्ड भिजन इन्टरनेसनल नेपालले नेपाल सरकारलाई १४०० अक्सिजन सिलिन्डर सहयोग

देशभरि कोरोना भाइरस दोस्रो लहरको संक्रमण बढेसँगै बालबालिका केन्द्रित संस्था वल्र्ड भिजन इन्टरनेसनल नेपालले १६ जिल्लामा कोभिड—१९ अस्पताल तथा स्थानीय तहका स्वास्थ्य सेवा प्रदायकलाई लक्षित गरी १ हजार ४ सय अक्सिजन सिलिन्डर, २० अक्सिजन कन्सन्ट्रेटर, १ हजार १२ इन्फ्रारेड थर्मामीटर, १ हजार १२ पल्स अक्सिमिटरर २५ अस्पताल बेडस्वास्थ्य तथाजनसंख्या मन्त्रालयलाई सहयोग गरेका छन् । स्वास्थ्य सामग्री स्वास्थ्य र जनसंख्या मन्त्री हृदयेश त्रिपाठी, महिला, बालबालिका र ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो डा. पदम खतिवडा उपाध्यक्ष समाज कल्याण परिषद र पुष्कर खाती समाज कल्याण परिषद्का सदस्य सचिव को उपस्थितिमा हस्तान्तरण गरिएको हो । उक्त सामग्रीहरूले वर्तमान स्वास्थ्य संकटका बेला सरकारी स्वास्थ्य सेवाहरूलाई सहयोग पु¥याउने तथा स्वास्थ्यकर्मीहरूको सुरक्षा गर्न सहयता गर्नेछन् । काठमाडौंस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा गरिएको उक्त हस्तान्तरण वल्र्ड भिजन इन्टरनेसनल नेपालको ९० दिने कोभिड—१९ दोस्रो लहर आपतकालीन प्रतिकार्य परियोजनाअन्तर्गत गरिएको हो ।कार्यक्रममा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले भने, “वल्र्ड भिजन लगायतका विभिन्न सामाजिक तथा मानवीय संस्थाहरूको सहयोग यस विशम परिस्थितिमा सराहनीय छ । सरकारले सहयोग प्राप्त सामग्रीहरूको अति आवश्यक रहेका जिल्लाका स्वास्थ्य संस्थाहरूमा प्रदान गर्ने छ । यस्ता सामग्रीहरू सहज तथा विकसित स्थानहरूमा मात्र नभई देशैभरि पु¥याउनेछ ।’’वल्र्ड भिजन इन्टरनेसनल नेपालका कार्यबाहक राष्ट्रिय निर्देशक अनुभव अधिकारीले आफ्नो भनाइराखे, “देशव्यापी फैलिएको कोभिड—१९नियन्त्रणको लागि नेपाल सरकारलाई एक सक्रिय साझेदारको रूपमासहयोग गर्न पाएकोमा हामी गौरव महसुस गर्दछौं । यस महामारीका कारण स्वास्थ्य संस्थाहरू निक्कै संवेदनशील अवस्थामा छन् । यस्तो बिषम परिस्थितिमास्वास्थ्य संस्थाहरूको तत्कालीन आवश्यकताहरू परिपूर्ति तथा स्वास्थ्यकर्मीहरूको सुरक्षा गर्न यी स्वास्थ्य सामग्रीहरूले मद्दत पु¥याउनेछ । तुलनात्मक रुपमा पहिलो लहरभन्दा दोस्रो लहरबढी चिन्ताजन्क रहेको छ । सबै उमेर समूहका मानिसहरूलाई यसले गम्भीर रूपमा असर गरेका छन् भने बालबालिकामा संक्रमणदर उच्च रहेको पाइएको छ । हामीले बालबालिकालाई केन्द्रबिन्दुमा राखी १६ जिल्लामा बहुक्षेत्रीय एकीकृत प्रतिकार्य सुरुवात गरेका छौं ।”यस वर्षको मई देखि जुलाई महिनासम्म संचालनमारहने वल्र्ड भिजन इन्टरनेशनल नेपालकोे प्रतिकार्यले कोरोना भाइरस र यस जोखिम परिस्थितिमा बालसंरक्षणसम्बन्धी विषयहरूमा जनचेतना फैलाउने, सरकारी स्वास्थ्य सेवाहरू सुदृढ गर्नेर नगद कार्यक्रममार्फत जोखिममा रहेका समुदायहरूको खाद्य सुरक्षा सुनिश्चित गर्ने जस्ता कार्यहरूमा केन्द्रित रहनेछ । उक्त ९० दिने प्रतिकार्य संघीय, प्रान्तीय र स्थानीय सरकारसँगको समन्वय र स्थानीय संस्थाहरूसँगको साझेदारीमा १६ जिल्ला (कञ्चनपुर, कैलाली, अछाम, डोटी, बझाङ्ग, जुम्ला, लमजुङ, ललितपुर, काठमाडौँ, सिन्धुली, उदयपुर, सर्लाही, महोत्तरी, रौतहट, बाँके र धनुषा)मा कार्यान्वयन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्