काभ्रे सेवा समाज यूएईको नयाँ वर्ष कार्यक्रम «

काभ्रे सेवा समाज यूएईको नयाँ वर्ष कार्यक्रम

काभ्रेलीहरूको साझा संस्था काभ्रे सेवा समाज यूएईले ५ जनवरीमा दुबईको क्रिक पार्कमा नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान, वनभोज तथा हाजिरीजवाफका साथै चिट्ठा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष दिल लामाको सभापतित्व र संस्थापक संरक्षक दामोदर दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष भूपराज बस्याल, केन्द्रीय पार्षद् हरि नेपाली, नेपाली जनप्रगतिशील मन्च यूएईका कार्यवाहक अध्यक्ष बाबुराम विश्वकर्मा, एनआरएनए यूएईका केन्द्रीय सदस्य लछुमन काफ्लेलगायतले शुभकामना व्यक्त गरेका थिए ।
विभिन्न ५ टिमबीच प्रतिस्पर्धा भएको हाजिरी जवाफ प्रतियोगितामा विकास श्रेष्ठ, सन्ध्या सुस्केरा र लक्ष्मी खातिको टोलीले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । द्वितिय हुनेहरुमा अञ्जुली लोप्चन, प्रबेग दोङ र छोईसाङ तामाङ रहेका थिए भने जनक सापकोटा, निरमाया दाहाल र रन्जिता शाही तृतीय भएका थिए ।
त्यसैगरी चिठ्ठातर्फ प्रथम भाग्यशाली पुरस्कार मोबाइल फोन राजु केसी, द्वितीय पुरस्कार शर्मिला लामाले ट्याब्लेट, तृतीय पुरस्कार घडी रिता लामिछाने दाहाल र सान्त्वना पुरस्कार पावर बैंक चन्द्र सागर लामाले प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्