प्रभु इन्स्योरेन्सको १०.५३ % लाभांश पारित «

प्रभु इन्स्योरेन्सको १०.५३ % लाभांश पारित

प्रभु इन्स्योरेन्स कम्पनीले २५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभा प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभाले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ५ करोड ६२ लाख रूपैयाँ रहेको छ ।
१० प्रतिशत बोनस सेयर वितरण पछि कम्पनीको चुक्तापुँजी १ अर्ब १६ करोड १९ लाख रूपैयाँ पुगेको छ । चालू आवको नौ महिना अर्थात् तेस्रो त्रैमाससम्ममा कम्पनीले १५ करोड १८ लाख नाफा कमाएको छ ।
नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४.९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमासमा १५ करोड २२ लाख नाफा कमाएको थियो । त्यसैगरी कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा १ अर्ब १५ करोड ७२ लाख बिमा शुल्क आर्जन गरेको छ । कम्पनीले जगेडामा २८ करोड ९३ लाख र बिमा कोषमा ७८ करोड ८९ लाख सञ्चित गरेको छ । हालसम्ममा कम्पनीको जारी बिमालेखको सख्या ८० हजार ४८७ पुगेको छ । त्यसैगरी कम्पनीको नविकरण गरिएको बिमालेखको सख्या १७ हजार ५५८ रहेको छ ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ७ हजार ६३० जनालाई २९ करोड ३९ लाख ३९ हजार दाबी भुक्तानी गरेको छ भने १ हजार ९५९ जनालाई १६ करोड ९२ लाख ९५ हजार रूपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १५, मूल्य आम्दानी अनुपात ६४, तरलता अनुपात २.६८ प्रतिशत र प्रतिसेयर नेटवर्थ २१३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्