प्रभु सेलेक्ट फण्डको इकाई दोस्रो दिनमै १०४% प्रतिशत बिक्री «

प्रभु सेलेक्ट फण्डको इकाई दोस्रो दिनमै १०४% प्रतिशत बिक्री

प्रभु सेलेक्ट फण्डको इकाई दोस्रो दिन नै ओभर सब्सक्राइब भएको छ ।
दोस्रो दिन १०४.८८ प्रतिशत भन्दा बढी आवेदन परेको छ । ४० हजार ५ सय १२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ४ करोड ८८ लाख २० हजार ५ सय रकम बराबरको १० करोड ४८ लाख ८२ हजार ५० इकाई खरिदका लागि आवेदन परेको हो ।
प्रभु क्यापिटलले जेठ ५ गतेदेखि प्रति इकाई १० रूपैयाँ अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो । यो फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंकलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु बैंकलाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।
यो फण्डमा लगानीकर्ताहरुले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरिदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेठ ९ गते आइतबारसम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्