जापानबासी नेपालीका तर्फबाट एनआरएनए निवर्तमान अध्यक्ष भट्टको संयोजकत्वको समितिले अक्सिजन प्लान्ट सहितको सहयोग गर्ने «

जापानबासी नेपालीका तर्फबाट एनआरएनए निवर्तमान अध्यक्ष भट्टको संयोजकत्वको समितिले अक्सिजन प्लान्ट सहितको सहयोग गर्ने

‘मातृभूमिका लागि कोभिड–१९ संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ ले नेपालमा १ करोड ३० लाखदेखि १ करोड ५० लाखसम्मको अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ।जापानका लागि नेपाली राजदूत तथा समितिका संरक्षक श्रीमती प्रतिभा राणाको उपस्थितिमा बिहीवार बसेको ‘मातृभूमिका लागि कोभिड–१९ संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ को बैठक ले यो निर्णय गरेको हो। जापानका लागि नेपाली राजदुत श्रीमती प्रतिभा राणा संरक्षक रहनुभएको उक्त समितिमा गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भबन भट्ट संयोजक हुनुहुन्छ भने महेश श्रेष्ठ, गोबिन्द श्रेष्ठ, पारसमणी पोखरेल तथा देबिलाल भण्डारी उपसंयोजक रहनुभएको छ। साथै जापान स्थिति सबै संघ सस्थाका अध्यक्ष हरु समिति को सदस्य रहनु भएको छ।

समितिका संरक्षक तथा राजदूत राणाले कोभिड–१९ लगायतको विषयमा ब्रिफिङ गर्नुका साथै नेपाल सरकारबाट सहयोग माग भई आएका मेडिकल सामग्रीहरुको बारेमा बैठकमा जानाकारी दिएपछि समितिका संयोजक भबन भट्टले समितिको गतिविधिबारेमा अपडेट गराएका थिए।

समितिको तर्फबाट तीन चरण कार्यगर्ने जानकारी गराउदै उनले
१) पहिलो र तत्काल अक्सिजन अतिआवश्यक भएको हुँदा यस्को परिपुर्तिका लागि तीस हजार वाइ कनेक्टर पठाउने जानकारी गराए । एउटा वाइ कनेक्टरबाट दुईजना बिरामिलाई अक्सिजन दिन मिल्ने भएको हुनाले सामान्य हिसाबमा ३० हजार नया सिलिन्डर पठाए सरह हुने छ । स्मार्ट कन्सेप्टको प्रयोग गर्न रुचाउने भट्टले यस पटक पनि नया स्वरुप दिएका छन् । यस्का साथै पल्सअक्सिमिटर, टेष्ट किटलगायतका सामग्री तुरुन्तै नेपाल पठाउने पनि निर्णय भएको उनले जानकारी दिए ।

२) कोभिडबाट संक्रमितहरुलाई मानसिक स्वास्थ्य परामर्श सेवाको सुरुवात गर्ने तथा जुम र फेसबुकका माध्यमबाट योग, ध्यान गराई संक्रमितको मनोबल उच्च राख्न पहल गर्ने निर्णय भएको उनले बताए ।

३) नेपालको केही अस्पतालहरुसंग कुरा भैरहेको र कुनै एक अस्पतालमा कम्तीमा २५० सय्यालाई पुग्ने अक्सिजन प्लान्टको स्थापना गर्ने विषयमा सबैको सहयोगको लागि उनले अपिल गरेका थिए । अक्सिजन प्लान्ट स्थापनाको कार्य छिटो सुरु गर्ने तथा जुन १० सम्म उक्त कार्य सम्पन्न हुने जानकारी पनि उनले गराए । साथै, सरकारबाट माग भईआएका कतिपय स्वास्थ्य सामग्री तुरुन्तै उपलब्ध गराउन नसकिने, सम्बन्धित ठाउँमा पुग्ने बेलासम्म उक्त सामग्रीको उपयोगिता कम भैसक्ने र नयाँ सामग्रीको आवश्यकता पर्नेजस्ता समस्या पनि रहेकोले अक्सिजन प्लान्ट तयार गर्न सके दिर्घकालीन रुपमा उपयोगमा ल्याउन सकिने भएकोले यस कार्यमा सबैको सहयोग आवश्यकता रहेको संयोजक भट्टलेस्पष्ट पारेका थिए ।
नेपालमा कोरोनाको संक्रमण अत्यधिक बढेको र अक्सिजन लगायतका मेडिकल सामग्रीहरुको अति आवश्यक परेकोले सरकारी स्तरमा दूतावासको तर्फबाट जापान सरकारसँग पनि आवश्यक सहयोगको लागि अनुरोध गरेको जानकारी गराउँदै समितिका संरक्षक तथा राजदूत प्रतिभा राणाले तत्काल जापान सरकारको तर्फबाट अक्सिजन सिलिन्डर नेपाल पठाउने तयारी भैरहेको जानकारी दिइन् ।
त्यसैगरी दूतावासका उपनियोग प्रमुख अम्बिका जोशीले नेपाल सरकारबाट सहयोगको लागि अनुरोध गरिएका विभिन्न ३२ वटा मेडिकल सामग्रीहरुकोबारेमा जानकारी गराउँदै सहयोगको निम्ति सबैलाई अनुरोध गरेका छन।
गैर आवासीय नेपाल संघ जापानका अध्यक्ष तथा समितिका सह संयोजक देबिलाल भण्डारीले गैर आवासीय नेपाली संघको सक्रिय सहभागितामा जापानबासी सम्पुर्ण संघ सस्थाहरुको सामुहिक प्रयासमा उपरोक्त अभियान सप्पन्न गरिने बताए।गैर आवासीय नेपाल संघ जापानका अध्यक्ष तथा समितिका सह संयोजक देबिलाल भण्डारीले गैर आवासीय नेपाली संघको सक्रिय सहभागितामा जापानबासी सम्पुर्ण संघ सस्थाहरुको सामुहिक प्रयासमा उपरोक्त अभियान सप्पन्न गरिने बताए ।
जापानका लागि नेपाली राजदुत प्रतिभा राणा संरक्षक रहको उक्त समितिमा गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भबन भट्ट संयोजक छन् भने महेश श्रेष्ठ, गोबिन्द श्रेष्ठ, पारसमणि घिमिरे तथा देबिलाल भण्डारी उपसंयोजक छन्।

प्रतिक्रिया दिनुहोस्