निम्बसद्वारा सेजनलाई सहयोग «

निम्बसद्वारा सेजनलाई सहयोग

एग्रो इन्डष्ट्रिमा पायोनियर ग्रुप निम्बसले नेपाल आर्थिक पत्रकार समाज (सेजन)लाई मास्क तथा स्यानिटाइजर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्र्तग फ्रन्टलाइनमा काम गर्ने व्यक्तिहरुलाई मास्क तथा स्यानिटाइजर वितरण गरिरहेको निम्बसले बुधबार सेजनलाई मास्क र स्यानिटाइजर सहयोग गरेको हो । निम्बसले सेजनलाई ५ हजार थान मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ ।
निम्बसका कार्यकारी निर्देशक डा. दिनेश गौतमले सेजनलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । ‘निम्बसले सामाजिक उत्तरदायित्वअन्र्तग फ्रन्टलाइनमा काम गर्ने व्यक्तिहरुलाई मास्क तथा स्यानिटाइजर वितरण गरिरहेका छौं,’ निम्बसका कार्यकारी निर्देशक गौतमले भने, ‘यस्तो कठिन परिस्थितिमा सबै मिलेर कोरोनासँग लड्नुपर्ने भएकाले हाम्रो संस्थाले पनि सहयोग गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्