Logo

सिटिजन्स बैंकको सञ्चालकमा ज्ञवाली

सिटिजन्स बैंकले स्वतन्त्र सञ्चालकमा पूर्वबैंकर अनिल ज्ञवालीलाई नियुक्त गरेको छ । केही समय अगाडिमात्रै नेपाल इन्फ्रास्ट्रकचर बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएका ज्ञवाली सिटिजन्स बैंकका सञ्चालक नियुक्त भएका छन् । पूर्वबैंक सुदेश खालिङले राजीनामा दिएपछि बैंकको स्वतन्त्र सञ्चालक पद रिक्त रहेको थियो । खालिङले एभरेष्ट बैंकको सिइओ बन्न बैंकको सञ्चालकबाट राजीनामा दिएका हुन् ।
ज्ञवालीले नबिल र ग्लोबल आईएमई बैंकको पनि सीईओ भएर काम गरिसकेका छन् । उनिसँग विदेशी बैंकमा पनि काचम गरेको अनुभव छ । उनले बैंकिङ क्षेत्रमा साढे ३ दशक विभिन्न भूमिकामा रहेर काम गरेका छन् । ज्ञवालीले असार १ गतेबाट सञ्चालकको पदभार ग्रहण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्